५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च गरेको छ । सो नयाँ भेरिएन्टमा केटीएमले ५ इन्चको कलर टिएफटी डिस्प्ले दिएको हो ।

नयाा भेरिएन्टको मूल्य १ लाख ७८ हजार ५३६ भारु निर्धारण गरिएको छ । जुन, वेश भेरियन्ट भन्दा लगभग ८ हजार रुपैयाँ बढी हो ।

ड्यूक १६० को सो नयाँ भेरिएन्टमा जडान गरिएको डिस्प्लेलाई केटिएमले ड्यूक ३९० बाट लिएको हो । जसमा, बन्डेड ग्लास डिस्प्लेलाई फोर वे मेनु स्विचहरू सहितको नयाँ स्विच क्यूबसँग जोडिएको छ ।

नयाँ टीएफटी इन्स्ट्रुमेन्ट कन्सोलले ब्लुटुथ मार्फत स्मार्टफोन कनेक्टिभिटीलाई समर्थन गर्दछ । राइडरले आफ्नो फोनमार्फत नेभिगेसन, यात्रा र मोटरसाइकल डेटा जस्ता सुविधाहरू पहुँच गर्न केटीएम कनेक्ट एप प्रयोग गर्न सक्नेछन् ।

ब्लुटुथ कनेक्टिभिटी फर कल सुविधाले बाइकमा सवार राइडरलाई मोड स्विच प्रयोग गरेर आगमन कलहरू प्राप्त गर्न अनुमति दिनेछ । साथै केटीएम माई–राइड एप प्रयोग गरेर ब्लुटुथ हेलमेट हेडसेट पनि जोड्न सकिनेछ ।

सोही डिस्प्लेमार्फत राइडरले सुपरमोटो एबिएस मोडमा पहुँच पाउने जनाइएको छ । बायाँ ह्यान्डलबारमा माउन्ट गरिएको मेनु स्विच प्रयोग गरेर आफ्नो शिफ्ट आरपिएम र लिमिट आरपिएमलाई कस्टमाइज समेत गर्न सकिनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...