यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार

लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च गरेको छ । भारतमा यो कारको शुरुवाती मूल्य ३ लाख ९९ हजार निर्धारण गरिएको छ । मारुतीले यो इन्ट्रि लेभल ह्याचव्याकमा नयाँ डिजाइन, परिस्कृत फिचर र के सिरिजको शक्तिशाली डुअलजेट पेट्रोल इन्जिन दिएको छ ।

अल्टो के१० यसअघि पनि नेपाली बजारमा आएर सफल भैसकेको ह्याचव्याक कार हो । भारतमा बिएस६ मापदण्डलाई अनिबार्य गरिएपछि विचको केही वर्ष उत्पादन हुन नसकेको यो कारलाई मारुती सुजुकीले विल्कुलै नयाँ डिजाइन र सुविधासम्म फिचर्स थप गरेर बिएस६ इन्जिनमा उतारेपछि यो कारवारे सकरात्मक टिप्पणीहरु आइरहेका छन् ।

नेपाली बजारमा समेत भित्रिने प्रतिक्षामा रहेको यो कार हाल कायम आयतमाथीको प्रतिवन्ध हटेपछि आउने आँकलन गरिएको छ । इन्ट्रि लेवल ह्याचव्याकमा निकै राम्रो बजार हिस्सा ओगट्न सफल मारुती सुजुकीको यो सेग्मेन्टमा हाल अल्टो ८०० को एलएक्सआई मोडल उपलब्ध रहँदै आएको छ । नेपालको ट्याक्सी बजारमा एकाधिकार जस्तै बजार लिएको यो कारलाई ग्राहकले निजी कारका रुपमा भने प्रयोग गर्न हिच्किचाइरहेका छन् । जसका कारण पनि यो नयाँ कार यस्ता ग्राहकमाझ उत्तम विकल्प वन्न सक्ने देखिन्छ ।

प्रतिस्पर्धी मूल्य, सर्वसुलभ स्पेयर पार्ट्स एवं विक्रिपछिको सेवा र वलियो तथा मजवुत इन्जिनका कारण नेपाली बजारमा सुजुकीका कार लोकप्रिय मानिन्छन् । यस्तोमा २२ लाख रुपैयाँ हाराहारी मूल्यमा नेपाल आउन सक्ने आँकलन गरिएको यो नयाँ कारले इन्ट्रि लेवल ह्याचव्याक चाहने ग्राहकलाई सजिलै आकर्षित गर्ने अनुमान लगाइएको छ ।

यो नयाँ कारको सवैभन्दा आकर्षक पक्ष भनेको यसको नयाँ सेलेरियोबाट प्रेरित लुक्स तथा डिजाइन नै हो । यसबाहेक यसमा नयाँ डिजाइनको हेडलाइट र टेललाइट दिइएको छ । ३५३० एमएम लम्वाई, १४९० एमएम चौडाई, १५२० एमएम उचाई र २३८० एमएम ह्विलवेश भएको यो कार हालको अल्टो ८०० भन्दा केही ठूलो देखिन्छ । यो ह्याचव्याक कारमा १.० लिटर, के१० ड्युअलजेट पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ६७ बीएचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्सको अप्सन दिइएको छ ।

अल्टो के१० मा ७ इन्चको स्माट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल स्पिडोमिटर डिस्प्ले, इन्स्ट्रयुमेन्ट प्यानलमा फ्रन्ट पावर विन्डो स्विच, रिमोट किलेस इन्ट्री र स्टेयरिङ माउन्टेड अडियो तथा भ्वाइस कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध छ । साथै एप्पल कारप्ले, एन्ड्रोइड अटो र स्मार्टफोन नेभिगेसनका साथ अन्य स्मार्टप्ले स्टुडियो एपको साथमा स्मार्टफोन कनेक्टिभिटी समेत समावेश छ ।

सुरक्षाका लागि यसमा अगाडी २ वटा एयरब्याग, ईबीडीको साथमा एन्टी–लक ब्रेकिङ सिस्टम, प्रि–टेन्सन र फोर्स लिमिटर, फ्रन्ट सिट बेल्ट, रिभर्स पार्किङ सेन्सर उपलब्ध छ । साथै स्पिड सेन्सिङ अटो डोर लक र हाई स्पिड अलर्ट सिस्टम जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)

बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक...

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...