डुकाटीले ल्यायो विश्वकै शक्तिशाली सिंगल सिलिन्डर इन्जिन

प्रिमियम मोटरसाइकल ब्रान्ड डुकाटीले विश्वकै शक्तिशाली सिंगल सिलिन्डर इन्जिन बनाएको छ । सुपरक्वार्डो मोनो नामले आएको सो इन्जिन ६५९ सिसी क्षमताको छ । सो नयाँ इन्जिनलाई डुकाटीले आफ्नो पेनिगेल १२९९ मा जडान भएको सुपरक्वार्डो १२८५ सिसीबाट लिएको हो ।

सो नयाँ इन्जिनमा कम्पनीले पेनिगेल भी२ कै पिस्टन र कम्वसन च्याम्वर दिएको छ भने ठूलो आकारको टाइटानियम इन्लेट भल्भ जडान गरिएको छ । साथै यसको सिलिन्डर ब्यारेल एल्मुनियमबाट बनाइएको छ भने इन्जिन केसिङमा म्याग्नेसियम धातु प्रयोग गरिएको छ ।

सो नयाँ इन्जिनले ९ हजार ७५० आरपिएममा ७७.५ पीएस पावर र ८ हजार ५० आरपिएमा ६३ एनएम टर्क जेनेरेट गर्दछ । रेसिङ एक्जस्टमा यसको पावर ८५ पीएस सम्म पुग्ने कम्पनीले दावी गरेको छ ।

डुकाटीले यसको कम पावर भर्सन समेत ल्याउने गरी लाइसेन्स लिएको जनाएको छ । सो नयाँ इन्जिन जडित मोटरसाइकललाई कम्पनीले नेभेम्वर २ मा हुने डुकाटी वल्र्ड प्रिमियर २०२४ मा सार्वजनिक गर्ने योजना बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...