एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
काठमाडौँ - अनुत्तीर्ण परीक्षार्थीबाट पैसा लिएर सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को परीक्षामा पास गराउने कार्यमा संलग्न रहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित यातायात व्यवस्था कार्यालय र विभिन्न ड्राइभिङ सेन्टरहरूमा छापा मारेको छ ।
आयोगका अनुसार सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने क्रममा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मिलेमतोमा पास गराउने र त्यसबापत रकम असुल्ने गरिएको उजुरी परेपछि टङ्गालस्थित अख्तियारको टोलीले छापा मारी अनुसन्धान सुरु गरेको छ ।
आयोगद्वारा प्रकाशित सूचना अनुसार यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय प्रमुख एवं कर्मचारीहरु र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राईभिङ सेन्टर लगायतको मिलेमतोमा यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनबाट संचालन भएको सवारी चालक अनुमति पत्रको परीक्षा संचालन गर्दा यसरी सेटिङ गरिएको थियो ।
यस अनुसार फेल भएका परीक्षार्थीहरुबाट बिभिन्न वर्गका सवारी चालक अनुमति पत्र दिनका लागि वर्ग अनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानून विपरित रकम संकलन गरी भ्रष्टाचार गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले छापा मारेको थियो ।
यस अनुसार यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका सहायक पाँचौँ तहका कर्मचारी इन्द्रजित गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद गरिएको छ । सोही स्थानबाट कर्मचारी गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
त्यसैगरी, कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारी र महालक्ष्मी, गुरुङ, कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मोबाइल ३१ थान, ल्यापटप २ थान र अन्य कागजातहरू पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
यस वारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...