बागमतीको ड्राइभिङ लाइसेन्स अब हुलाकमार्फत घर घरमा पुग्ने

काठमाडौं – बागती प्रदेश सरकारले अब लामो समय देखि आफ्नो सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको छ ।

सो कार्यका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेर काम अगाडि बढाउने तयारी गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताएका छन् ।

सिंहका अनुसार हाल बागमती प्रदेश अन्तर्गतका चारवटै लाइसेन्स कार्यालयमा गरेर हाल पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । हालको विषम परिस्थितिमा सेवाग्राहीको घरमै ती लाइसेन्स पु-याइने छ ।

गत कात्तिक ६ गते यसका लागि चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक बसेको र यसबाट एक खालको सहमति भएको छ भने सम्झौता गर्ने विषय मात्र बाँकी छ । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ ।

यो भन्दा पहिले २०७४ असारमा यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक टेकनारायण भट्टराई र हुलाक सेवा विभागका तत्कालीन महानिर्देशक हरी ज्ञवालीबीच स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट हुलाकमार्फत गर्ने सम्झौता भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...