अब स्मार्टफोनबाटै लाइसेन्स जाँच्न सकिने, गरियो स्मार्टफोन हस्तान्तरण

काठमाडाैँ - सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र पौडेलले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम शुरु भइसकेको बताए ।

उनले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताए । उनले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताए । उनले लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

“देश संघीयतामा गइसकेको छ, डिजिटलाइजेशन गर्ने क्रममा हामी पनि प्रयासरत छौँ । कतिपय कुराहरु आउने क्रममा छ, कतिपय कुराहरु एक्सरसाइजकै क्रममा पनि छ । यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम हामीले शुरु गरिसकेका छौँ,”उनले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्व रहेको बताए । उनले आर्थिक वर्ष २०८०/०८१ सम्म काठमाडौँ उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताए । उनले  उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको बताए ।

मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताए ।

सम्बन्धित समाचारहरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...

पोखरामा दुई तले बस

पोखरामा दुई तले बस

बि. सं. २०३५ तिरको कुरा होला पोखरामा दुई तले बस आएको थियो । हामी सानै थियौ र...

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

वडादसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...