नागरिक एपमा पुनः उपलब्ध भयाे ड्राइभिङ लाइसेन्स

काठमाडौं - सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा उपलब्ध भएको छ। 

गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा आगजनीबाट क्षति हुँदा ड्राइभिङ लाइसेन्स नागरिक एपबाट हटेको थियो। 

मंगलबारदेखि पुनः ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको विभागले जानकारी दिएको छ ।

लामो मिहिनेतपश्चात् विभिन्न यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको सेवा र ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध गराउन सकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । विभागको भवनसमेत आगजनीबाट क्षति भएकाले कार्यालयले यात्रु प्रतिक्षालयबाट सेवा दिँदै आएको छ । उनका अनुसार मंगलबारसम्म ४२ वटा यातायात कार्यालयमध्ये २८ वटाबाट लाइसेन्स नवीकरणसम्बन्धी काम सञ्चालन भएको छ ।

पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनसहित ७ वटा कार्यालयमा तत्काल सेवा सुरु हुने छैन ।

केन्द्रीय सर्भरमा भएको क्षतिले सेवा बन्द भएपछि लाखौँ सेवाग्राही प्रभावित बनेका थिए । फिचर फिर्ता भएसँगै अब ट्राफिक जाँचका क्रममा नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने भएको छ ।

साथै ट्राफिक नियम उलङ्घन गरेपछि लिइने सचेतना कक्षा पनि नागरिक एपमार्फत नै लिन सकिने भएको छ ।  यदि सेवाग्राहीको मोबाइलमा ड्राइभिङ लाइसेन्स नदेखिए एप पुनः सुरु (Restart) गर्न नागरिक एपले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

रातको समयमा गाडी चलाउँदा हेडलाइटको चमक बढाउन यस्ता उपाय अपनाऔं

रातको समयमा गाडी चलाउँदा हेडलाइटको चमक बढाउन यस्ता उपाय अपनाऔं

रातमा गाडी चलाउँदा चालकको सुरक्षाका लागि दृश्यता अत्यन्तै महत्त्वपूर्ण...

लाइसेन्स नहुँदा ट्राफिकले चिट काटेर हैरान हुनुहुन्छ ? अब राष्ट्रिय परिचय पत्र देखाए पुग्छ

लाइसेन्स नहुँदा ट्राफिकले चिट काटेर हैरान हुनुहुन्छ ? अब राष्ट्रिय परिचय पत्र देखाए पुग्छ

के तपाईंहरुलाई थाहा छ ? साउन १ देखि सवारी चालकहरुले ड्राइभिङ लाइसेन्सको...

सर्भर डाउन भएपछि यातायात कार्यलयमा अनलाइनमार्फत हुने सबै काम ठप्प

सर्भर डाउन भएपछि यातायात कार्यलयमा अनलाइनमार्फत हुने सबै काम ठप्प

यातायात व्यवस्था बिभागको सर्भरमा समस्या आएपछि अनलाइन मार्फत हुने सबै काम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...