नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने

काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिंक गरी हेर्न सकिने सुविधा थप भएको छ । एपको पछिल्लो भर्सन १.५.४ सँगै लाइसेन्स लिंक गर्ने सुविधा थपिएको हो ।

यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो ।

यद्यपि एपको अपडेटमा बग देखिएकाले पुनः अपडेट पठाइएको र उक्त अपडेट आएसँगै फोटो सहितको ड्राइभिङ लाइसेन्स देखिने नागरिक एपले जनाएको छ ।

एन्ड्रोइडमा नागरिक एपको पछिल्लो अपडेट आए पनि आईओएसमा उक्त अपडेट उपलब्ध हुन केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

नागरिक एपमा सम्भव भए सम्मका सबै सरकारी सुविधा उपलब्ध गराउने योजना अनुसार विभिन्न सुविधा क्रमशः थप हुँदै गएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...