भदौ २० देखि हुने भयो ड्राइभिङ लाइसेन्सको लिखित र रिट्रायल परीक्षा

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

बागमति प्रदेश अन्तर्गतको विभिन्न यातायात कार्यालयहरुले एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत)  सञ्चालन हुने जानकारी दिएका छन् ।

गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ । 

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...