एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
काठमाडौं – लाइसेन्स र ब्लुबुक नवीकरण अनलाइनमार्फत गर्न सकिने विभिन्न व्यवस्था पहिले देखि नै भए पनि पैसा तिर्नका लागि भने यातायात कार्यालयमै पुग्नु पर्ने बाध्यता छ । तर बागमती प्रदेशमा भने अब पैसा समेत घरैबाट तिर्न सकिने व्यवस्था हुने भएको छ ।
बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री जयराम थापाले केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२ मा सो कुरा बताएका हुन् ।
थापाले प्रदेश सरकारले हाल दुई वटा सफ्टवेयर सम्बन्धी कार्य गरिरहेको जानकारी दिए । ई–ब्लुबुक अन्तर्गत बागमती भीआरएस छ । उनले भने, ‘यसमा कति पैसा बाकी छ भन्ने ‘पेएबल’ बटन थपे पछि आफै पैसा तिर्न सकिन्छ । यो तीन महिना भित्र गर्न सक्छु ।’ उनले आगामी तीन महिना भित्र यो सम्भव हुने बताए ।
लाइसेन्सको नवीकरण लगायत कार्यका लागि टीडीएल बागमती सफ्टवेयरमा कार्य भइरहेको छ । यहाँ पनि ‘पेएबल’ बटन राख्न बाकी छ । यी कुरा आफ्नो प्राथमिकतामा परेको उनले बताए ।
लाइसेन्स छाप्नका लागि पनि आवश्यक व्यवस्था भइरहेको उनले बताए । अब उपलब्ध मेसिनले ७५० लाइसेन्स प्रतिघण्टा छाप्न सक्छ । बागमती प्रदेशमा ९ लाख लाइसेन्स छाप्न बाँकी छ । यसो भयो भने छिटो नै लाइसेन्स पनि छाप्न सकिने उनले बताए ।
बागमती प्रदेशभित्र ३५ देखि ४० लाख फाइलको खात भएको र हाल करिव २०० कर्मचारीमार्फत यसलाई डिजिटाइज्ड गर्ने कार्य भइरहेको तर अब परामर्शदातालाई दिएर डिजिटाइज्डका लागि टेन्डर आह्वान गरिने र छिटो कार्य सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...