खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, तर कोटा अनुसार मात्र आवेदन लिइने

काठमाडौँ – यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको आवेदन खुला गरेको छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबार रातिबाट खुलेको विभागले जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने छ । यद्यपि आवेदन भने कोटा तोकेर मात्र लिइने छ ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रूपमै आवेदन लिन थालिएको छ । नेपालभरका विभिन्न यातायात कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।

अब आवेदन स्वीकृत भइसके पछि केही दिनमै परीक्षा लिइने र पहिले जस्तो पछिको मिति नतोकिने विभागले जनाएको छ । विगतमा आवेदन दिएका समेत धेरैको परीक्षा लिन बाँकी भएकाले ती आवेदकहरुलाई प्राथमिकता दिने विभागको नीति भएको बताइएको छ ।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।

सम्बन्धित समाचारहरू

ट्राफिकको सुझाव : लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिदा के होला ? होस् गरौ यसरी

ट्राफिकको सुझाव : लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिदा के होला ? होस् गरौ यसरी

हाम्रो समाजमा एउटा निकै हितैषी तर घातक बानी छ “नाइँ” भन्न नसक्ने ।...

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र...

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...