हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी
हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...
हुन्डाई मोटर ग्रुपको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा गरेको स्मार्ट कार जीभी६० मा फेस कनेक्ट टेक्नालोजीको प्रयोग गर्ने घोषणा गरेको छ । यसले धेरै मानिसलाई लोभ्याएको छ । यसको सहयोगले मानिसको अनुहार पहिचान गरेरै कारको ढोका खोल्न सकिने छ र चाबीको आवश्यकता पर्ने छैन ।
जेनेसिसका अनुसार यो नयाँ प्रविधिबाट गाडीलाई पर्सनलाइज गर्न सहयोग गर्नेछ र अझै राम्रो ड्राइभिङ एक्सपेरिएन्समा सहयोग गर्नेछ । आगामी सन् २०२२ को प्रारम्भमा बजारमा ल्याउने बताइएको यो गाडीमा भएको नयाँ प्रविधि निकै नै सानदार हुनेछ ।
फेस कनेक्ट टेक्नोलोजीमा प्रयोग हुने नियर इन्फ्रा रेड (एनआईआर) क्यामेराको प्रयोग गरी अँध्यारोमा पनि काम गर्नेछ र पहिले नै पहिचान भएको चेहरा हो वा होइन भन्ने पत्ता लगाउने छ । गाडीको ढोका खुले पश्चचात गाडीको सिट, स्टेयरिङ ह्विल, हेडअप डिस्प्ले, साइड मिरर र इन्फोटेनमेन्ट सिस्टम आदि आफै नै एड्जस्ट हुनेछन् ।
जेनेसिसको जीभी६० मा फिंगरप्रिन्ट सुविधा पनि उपयोग गर्न सकिने छ । बायोमेट्रिक स्क्यानर उपयोग गरी यसको प्रयोग गर्न सकिने छ । कारको भित्र चाबी छुटे पनि फिंगरप्रिन्ट प्रयोग गरी गाडीको ढोका खोल्न सकिने छ । त्यसैले चाबी नभएको अवस्थामा अनुहार देखाएर वा फिंगरप्रिन्ट प्रयोग गरेर दुवै तरिकाले ढोका खोल्न सकिने छ ।
यो नयाँ प्रविधि प्रयोगमा आए पश्चात जीभी६० ले अटो सेक्टरमा बर्चश्व कायम गर्ने अपेक्षा गरिएको छ ।
हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
देशभर पानी परेर विभिन्न समस्या सिर्जना भएको छ । लामो समय देखि परेको पानी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...