नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर भित्रिएको छ । दुहान ब्रान्डको सो इलेक्ट्रिक स्कुटरलाई क्यालिबर अटोमोबाइल कम्पनीले भित्र्याएको हो ।

दुई नेपाली युवा उद्यमी यशवन्त अग्रवाल र निमेश अग्रवालद्वारा संचालित क्यालिबर अटोमोबाइल कम्पनीले चार प्रकारका मोडलहरु आईट्यांक, आईट्यांगो, युरानस र ई–स्वान नेपाली बजारमा सार्वजनिक गरेको हो । यी स्मार्ट स्कुटरको मूल्य २ लाख ३१ हजार ९ सय देखि ३ लाख ५९ हजार ९ सय रुपैयाँ सम्म छ ।

आईट्यांक दुहानको फेस भन्न सकिन्छ । यसमा भएको ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजी (डीडीडब्ल्युटी–एस) सहितको फेसले वास्तविक ट्यांककै झलक दिन्छ । यसमा प्रयोग गरिएको १ हजार ५ सय वाटको बोस मोटरले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिने क्षमता राख्छ, जसलाई ४५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।

आईट्यांकमा ६० भोल्ट २६ एएचको एलजी र प्यानासोनिकको लिथियम ब्याट्री प्रयोग गरिएको छ, जुन दीर्घकालीन रुपमा प्रयोग गर्न सकिने हुनुका साथै वातावरणमैत्री समेत छ । यसमा प्रयोग भएका ३ हाइड्रोलिक ब्रेक र रिभर्स गियरले स्कुटरलाई स्टेबल बनाउनुका साथै सुरक्षित समेत बनाउन सहयोग गर्छ । आईट्यांकमा इन्टिग्रेटेड, रोल रक सिस्टम, क्रुज कन्ट्रोल, ड्युअल ब्याट्री स्टोरेज कम्पार्टमेन्ट र अन्य धेरै आश्चर्यजनक फिचर पाउन सकिन्छ । यो स्कुटर रेड, ब्ल्याक, ह्वाइट, ग्रिन, ब्लु र ओरेन्ज कलरमा पाउन सकिन्छ । आईट्यांकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।

आईट्यांगोमा पनि आईट्यांक जस्तै आकर्षक फिचर पाउन सकिन्छ । यसमा १ हजार २ सय वाटको ब्याट्री छ, जसको रेन्ज ७० किलोमिटर छ भने ४५ किलोमिटर प्रतिघण्टाको गति छ । यसमा ४८ भोल्ट, २६ एएचको ब्याट्री पाइन्छ । आईट्यांगोको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

ई–स्वान दुहानको सबैभन्दा इकोनोमिक मोडल हो । यसमा क्लासिक सर्कुलर हेडल्याम्प, क्रोम कर्भी डिजाइन र ओभरल अर्वान रेट्रो भाइब छ । यो स्कुटर बोस मोटरको १ हजार २ सय वाट डीसी मोटरबाट संचालित हुन्छ र ६० भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । यसको पनि टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ । सिंगल चार्जमा यसले ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । ई–स्वानको मूल्य २ लाख ३१ हजार ९ सय रुपैयाँ छ ।

क्लास, पावर, स्पेस र इलेक्ट्रिक एक्सिलरेसन सबै खोज्ने र जोडीमा राइड गर्न रुचाउनेहरुका लागि युरानस उपयुक्त छ । यो दुहानको सबैभन्दा धेरै बिक्री हुने मोडल पनि हो । युरानस लामो सिट भएको र ह्विलबेस पनि फराकिलो भएको मोडल हो ।

युरानसमा दुहान टेक्नोलोजीको ३ हजार वाटको डीसी ब्रसलेस मोटर प्रयोग गरिएको छ । यसमा ७२ भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । सिंगल चार्जमा यसले ५० किलोमिटरको रेन्ज दिन्छ र टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ । युरानसको मूल्य ३ लाख २१ हजार ९ सय रुपैयाँ छ ।

दुहानका यी सबै मोडलमा १ वर्ष ६ महिनाको ब्याट्री र मोटर वारेन्टी उपलब्ध हुनेछ भने १ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । यी सबै ब्याट्री ४ देखि ५ घण्टा भित्रै चार्ज गर्न सकिन्छ । यी स्कुटरमा भएको अटो एडेप्टिङ एलईडीज, इन्टिग्रेटेड लाइट, शतप्रतिशत उच्च गुणस्तरीय बिल्ट पार्ट्स, ईईसी सर्टिफिकेसन, टेक फल्ट डायग्नोसिस र सबैभन्दा महत्वपूर्ण यसमा भएको एड्भान्स्ड इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले दुहानलाई नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये सबैभन्दा स्मार्ट, रिलायबल र सस्टेनेबल रेन्जको इलेक्ट्रिक स्कुटर बनाउने कम्पनीको दाबी छ ।

क्यालिबर अटोले आगामी दिनमा अन्य नयाँ र अपग्रेडेड मोडल समेत नेपाली बजारमा निरन्तर रुपमा भित्र्याउने बताएको छ ।

सम्बन्धित समाचारहरू

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस बिहीबारदेखि...

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन...

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...