चेरीले ल्यायो ईभी ब्याट्रीमा आजीवन वारेन्टी, समस्या आए नयाँ गाडी नै दिइने
चीनमा सवारी साधनका लागि नयाँ र कडा ब्याट्री सुरक्षा मापदण्ड लागू भएपछि...
काठमाडौं–विद्युतीय सवारी साधनको भविष्य मानिएको सोलिड–स्टेट ब्याट्री प्रविधिलाई व्यवस्थित गर्न चीनले नयाँ कदम चालेको छ । जुलाई १, २०२६ देखि चीनमा नयाँ राष्ट्रिय मापदण्ड आधिकारिक रूपमा कार्यान्वयनमा आएसँगै ब्याट्री उत्पादन र बजारीकरणमा नयाँ नियम लागू भएको हो ।
सो नयाँ नियमले अटोमोटिभ क्षेत्रमा उपभोक्तालाई भ्रममा पार्ने खालका अस्पष्ट ‘सेमी सोलिड स्टेट’ र ‘लिक्विड सोलिड हाइब्रिड’ ब्याट्रीका प्रचारबाजीहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
नयाँ नियम अनुसार कुनै पनि अटोमोटिभ ब्याट्री सेललाई आधिकारिक रूपमा ‘अल सोलिड स्टेट’ प्रमाणित गर्नका लागि कडा परीक्षण गरिनेछ ।
डोङफेङ मोटर रेसमा अगाडि
यस नयाँ नियमसँगै चिनियाँ अटोमेकर डोङफेङ मोटरले २०२६ को दोस्रो अर्धवार्षिकमा सवारी साधन एकीकरणका लागि आफ्नो सोलिड स्टेट ब्याट्री प्लान्टलाई द्रुत गतिमा अघि बढाएको छ । कम्पनीको अक्साइड–पोलिमर हाइब्रिड सेलले इभीलाई १ हजार किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यी ब्याट्रीहरूले उच्च तापमान ओभन परीक्षण र अत्यधिक चिसोको हिउँद परीक्षण सफलतापूर्वक पास गरेका छन् । कम्पनीले हुबेई प्रान्तमा १०० वटा सवारीसाधन तैनाथ गरेर डाटा संकलन गरिरहेको छ ।
यस रेसमा चांगन र जिली जस्ता दिग्गज कम्पनीहरू पनि लागिपरेका छन् । चीनको अग्रणी ब्याट्री निर्माता सीएटीएलको कर्पोरेट समीक्षा अनुसार, या नयाँ प्रबिधी प्रयोगमा आउनुअघि ‘सोलिड इन्टरफेस रेसिस्टेन्स’जस्ता रासायनिक र प्राविधिक अवरोधहरू अझै बाँकी छन् । त्यसैले, यो प्रविधिको व्यापक स्तरमा व्यावसायिक उत्पादन र डेलिभरी हुन सन् २०३० सम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...