अल्ट्राभोइलेट -याली भाेलि हुँँदै, नाडा महासचिव र कलाकार पन्तले उदघाटन गर्ने
काठमाडौं – भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली...
चीनको २०२५ सांघाई अटो शोमा डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नामी ०६ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको सो ईभी क्वान्टम आर्किटेक्चर प्लेटफर्म ३ मा बनेको छ र यसलाई सानो प्योर इलेक्ट्रिक एसयूभी भनिएको छ । यसको आधिकारिक लन्च भने यो वर्षको दोस्रो क्वाटरतिर हुनेछ ।
नामी ०६ बोल्ड। एङगुलर डिजाइन ल्यांग्वेजमा उपलब्ध छ र इलेक्ट्रिक गाडीमा हुने टिपिकल क्लोज्ड फ्रन्ट ग्रिल छ । यसमा भएको अंग्रेजी अल्फावेट सेभेन आकारको एलईडी डे टाइम रनिङ लाइट छ भने यसमा भएको सिल्भर अन्डरबडी प्रोटेक्सन र ब्ल्याक रेक्टेङगुलर एयर इन्टेकले क्रसओभरको झलक दिन्छ ।
यसमा भएको टु–टोन ह्विल, वाइड ब्ल्याक ह्विल आर्च, लोअर बडी क्लेडिङ र सिल्भर रियर ट्रिमले समेत यसको आकर्षण थपेको छ । यसको रियरमा रहेको पिक्सेल म्याट्रिक्यस एलिमेन्ट सहितको एन आकारको टेललाइट डिजाइनले टर्न सिग्नलका लागि फरक प्याटर्न उपलब्ध गराउछ ।
नामी ०६ को लम्बाई, चौडाई र उचाई क्रमशः ४,३०६ एमएम, १,८६८ एमएम र १,६४५ एमएम छ भने ह्विलबेस २,७१५ एमएम छ । यसमा फ्लोटिङ सेन्टर टचस्क्रिन, टु–स्पोक स्टेयरिङ ह्विल र स्लिम डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल लगायत रहेका छन् ।
त्यसैगरी इन्टेरियरमा कप होल्डर, ५० वाटको वारयरलेस फोन चार्जिङ, प्यानोरामिक रुफ र १२८ कलर एम्बियन्ट लाइटिङ लगायतका फिचर छन् ।
इसमा म्याच ई ब्याट्री रहेको छ, जसमा थ्रीसी सुपर फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ । यसलाई ५ मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ । त्यसैगरी १८ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १३५ किलोवाटको मोटर छ भने टप स्पिड १५० किलोमिटर प्रतिघण्टा छ ।
नेपाली बजारमा समेत नामी ईभी बिक्रीका लागि उपलब्ध छ । नेपाली बजारमा हाल नामी ई१, ई२ र ई३ उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भविष्यमा नेपाली बजारमा समेत नामी ०६ उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली...
इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...
विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...