डोङफेङ ईभीको नयाँ शोरुम बालकुमारीमा, प्यासेन्जर र कार्गो भ्यानको बिक्री सुरु

काठमाडौं– डोङफेङ ईभीको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी मोटोकर्पले ललितपुरको बालकुमारीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । त्रिबेणी ग्रुप अन्तर्गतको उक्त कम्पनीले नयाँ शोरुमबाट इलेक्ट्रिक प्यासेन्जर तथा कार्गो भ्यानको बिक्री समेत सुरु गरेको छ ।

चीनको तीन ठूला गाडी निर्माता मध्येको एक र विश्वका ६० देशमा बिक्री वितरण हुँदै आएको डोङफेङ ब्राण्डको ११ सिट र १४ सिट क्षमताका इलेक्ट्रिक प्यासेन्जर भ्यान तथा ४.५ र ४.३ घनमिटर क्षमताका कार्गो भ्यानहरु आयत गरी बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको ११ सिट क्षमताको भ्यानमा ५० किलोवाट क्षमताको मोटर र ४२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसैगरी १४ सिट क्षमताको भ्यानमा ८० किलोवाट क्षमताको मोटर तथा ५० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ ।

सिएटिएल ब्याट्री प्रयोग गरिएका यी भ्यानलाई ४० किलोमिटरको स्पिडमा चलाउँदा ३०० किलोमिटर रेन्ज पाउन सकिने दावी छ । त्रिवेणी मोटोकर्पले परिक्षण गर्दा यी भ्यानले २५० किलोमिटर रेन्ज दिएको कम्पनी भनाई छ ।

गाडीको बिक्री वितरण गर्न कम्पनीले नेपालभर डिलर नेटवर्क विस्तार गरिसकेको जनाएको छ । बिक्री पछिको सेवाका लागि काठमाडौंको जोरपाटीमा सुबिधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...