सिंगापुरको बजारमा स्लिक डिजाइनयुक्त ईभी डोङफेङ बक्सको प्रवेश

चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ । सिंगापुरमा भोल्ट अटोले डोङफेङ बक्स ईभीको बिक्री–वितरणका साथ सो ब्रान्डलाई सिंगापुर भित्र्याएको हो । चीनमा डोङफेङ बक्सलाई डोङफेङ नामी ०१ भनिन्छ । नेपाली बजारमा समेत यो गाडी बिक्रीका लागि उपलब्ध छ ।

डोङफेङ मोटर्सको ५५ वर्षको अनुभवलाई समेटेर तयार पारिएको दावी गरिएको डोङफेङ बक्समा विश्वकै पहिलो म्याच पावर टेन–इन–वान टेक्नोलोजीको प्रयोग भएको छ, जसले पर्फमेन्स, कनेक्टिभिटी र सेफ्टीलाई एउटै सिस्टममा एकीकृत गरेको छ । यसले सिटी ड्राइभिङका लागि उपयुक्त ड्राइभिङ अनुभवलाई अझै बढोत्तरी गरेको बताइएको छ ।

सो ईभी र यसमा प्रयोग गरिएको प्रविधिलाई रुचाइएका कारण नै चीन वाहिर समेत यो गाडीको राम्रो माग भएको र लन्च भएको दुई महिना भित्रै १० हजार युनिट निर्यात भएको कम्पनीको भनाइ छ ।

डोङफेङ बक्स स्लिक डिजाइनयुक्त ईभी हो, जसमा फ्रेमलेस डोर र आइल्यान्ड आर्मरेस्टका साथै फ्लोटिङ कन्ट्रोल प्यानल जस्ता आकर्षक फिचर रहेका छन् । क्रिस्टल एलईडी हेडलाइट र रुबी डबल सी टेललाइट जस्ता प्रिमियम एलिमेन्टले यसको फरकपनालाई अझै बढाएका छन् । त्यसैगरी ३२ कस्टमाइजेबल एम्बियन्ट लाइटिङ अप्सन समेत रहेका छन् ।

यसको इन्टेरियरलाई आकर्षक बनाउनमा यसमा भएको ५ इन्चको एलसीडी प्यानल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिनले महत्वपूर्ण भूमिका खेलेको छ । डोङफेङ ब्रान्डको क्वान्टम आर्किटेक्चर प्लेटफर्म ३ मा बनेको सो कारले ड्राइभिङ डाइनामिक्स, सेफ्टी र इनर्जी इफिसियन्सीलाई अझै बढाएको छ ।

१८० डिग्री रिक्लाइनिङ फ्रन्ट सिट, स्पेसियस बुट र क्याबिनमा भएका प्रशस्तै स्टोरेजले गाडीको भ्याल्यु बढाएका छन् ।

७ आकर्षक कलर अप्सनमा उपलब्ध सो ईभीले सिंगापुरका साथै अन्य अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण प्रभाव पार्ने कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

कोरोना भाइरसको महामारीको कारणले गर्दा निषेधाज्ञाको स्थिति पैदा भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...