चार्जिङ स्टेशन विस्तार गर्दै हुन्डाई, पुग्यो ४० चार्जिङ स्टेशन
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
चाइनिज अटोमोबाइल ब्रान्ड डोङफेङ मोटर्स सिंगापुर प्रवेश गरेको छ । सिंगापुरमा भोल्ट अटोले डोङफेङ बक्स ईभीको बिक्री–वितरणका साथ सो ब्रान्डलाई सिंगापुर भित्र्याएको हो । चीनमा डोङफेङ बक्सलाई डोङफेङ नामी ०१ भनिन्छ । नेपाली बजारमा समेत यो गाडी बिक्रीका लागि उपलब्ध छ ।
डोङफेङ मोटर्सको ५५ वर्षको अनुभवलाई समेटेर तयार पारिएको दावी गरिएको डोङफेङ बक्समा विश्वकै पहिलो म्याच पावर टेन–इन–वान टेक्नोलोजीको प्रयोग भएको छ, जसले पर्फमेन्स, कनेक्टिभिटी र सेफ्टीलाई एउटै सिस्टममा एकीकृत गरेको छ । यसले सिटी ड्राइभिङका लागि उपयुक्त ड्राइभिङ अनुभवलाई अझै बढोत्तरी गरेको बताइएको छ ।
सो ईभी र यसमा प्रयोग गरिएको प्रविधिलाई रुचाइएका कारण नै चीन वाहिर समेत यो गाडीको राम्रो माग भएको र लन्च भएको दुई महिना भित्रै १० हजार युनिट निर्यात भएको कम्पनीको भनाइ छ ।
डोङफेङ बक्स स्लिक डिजाइनयुक्त ईभी हो, जसमा फ्रेमलेस डोर र आइल्यान्ड आर्मरेस्टका साथै फ्लोटिङ कन्ट्रोल प्यानल जस्ता आकर्षक फिचर रहेका छन् । क्रिस्टल एलईडी हेडलाइट र रुबी डबल सी टेललाइट जस्ता प्रिमियम एलिमेन्टले यसको फरकपनालाई अझै बढाएका छन् । त्यसैगरी ३२ कस्टमाइजेबल एम्बियन्ट लाइटिङ अप्सन समेत रहेका छन् ।
यसको इन्टेरियरलाई आकर्षक बनाउनमा यसमा भएको ५ इन्चको एलसीडी प्यानल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिनले महत्वपूर्ण भूमिका खेलेको छ । डोङफेङ ब्रान्डको क्वान्टम आर्किटेक्चर प्लेटफर्म ३ मा बनेको सो कारले ड्राइभिङ डाइनामिक्स, सेफ्टी र इनर्जी इफिसियन्सीलाई अझै बढाएको छ ।
१८० डिग्री रिक्लाइनिङ फ्रन्ट सिट, स्पेसियस बुट र क्याबिनमा भएका प्रशस्तै स्टोरेजले गाडीको भ्याल्यु बढाएका छन् ।
७ आकर्षक कलर अप्सनमा उपलब्ध सो ईभीले सिंगापुरका साथै अन्य अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण प्रभाव पार्ने कम्पनीको दावी छ ।
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै...
नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...