महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर
हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र...
हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात हाल सम्मकै सबैभन्दा धेरै कार बिक्री गरेको छ । घरेलु बजारमा हुन्डाईले सो वर्ष ६ लाख ५ हजार ४३३ युनिट गाडी बिक्री गरेको हो ।
हुन्डाईले अन्तर्राष्ट्रिय बजार समेत गरी यो वर्ष ७ लाख ६४ हजार ११९ युनिट गाडी बिक्री गरेको छ । डिसेम्बर महिनामा मात्रै हुन्डाईले समग्रमा ५५ हजार ७८ युनिट गाडी बिक्री गरेको छ ।
हुन्डाई मोटर इन्डियाका डाइरेक्टर तथा चिफ अपरेटिङ अफिसर तरुण गर्गले तीन वर्ष सम्म लगातार रुपमा हुन्डाईको बिक्री बढिरहेको बताए । उनका अनुसार यो वर्ष १ लाख ८६ हजार ९१९ युनिट बिक्रीका साथ भारतीय बजारमा हुन्डाई क्रेटा एसयूभी लिडर बनेको छ । डोमेस्टिक एसयूभी बजारमा क्रेटाको योगदान ६७.६ प्रतिशत रहेको छ ।
यो वर्ष क्रेटा ईभी समेत लन्च हुने र यसबाट सो एसयूभी चाहने ग्राहक अझै बढ्ने अपेक्षा गरिएको छ ।
हुन्डाई क्रेटा वाहेक सो वर्ष भारतमा लोकप्रिय बनेका मोडलमा हुन्डाई भेन्यु र टुसान रहेका छन् ।
हुन्डाईको बिक्रीमा १३.१ प्रतिशत योगदान सीएनजी भर्सनको समेत रहेको छ । हुन्डाई अउरा र ग्रान्ड आई१० नियोस लगायतका गाडीले यसमा भूमिका खेलेका छन् ।
हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र...
हुन्डाई इन्डियाले २०२४ हुन्डाई अल्काजार भारतमा लन्च गरेको छ । कम्पनीले...
हुन्डाईले मिड साइज एसयूभी क्रेटा इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...