डल्फिनमा थपियो दुई भरिएन्ट, आयो नयाँ एडिसन

बीवाइडीले आफ्नो लोकप्रिय ह्याचब्याक कार डल्फिनको उत्पादन ५ लाख युनिट पुरा भएको अवसरमा नयाँ एडिसन बजारमा ल्याएको छ । कम्पनीले २२ सेप्टेम्वरमा डल्फिनको ‘कमेमोरेटिभ’ एडिसनलाई चिनियाँ बजारमा लन्च गरेको हो ।

यो नयाँ एडिसनलाई बीवाइडीले प्रो र प्लस गरी दुईवटा भेरिएन्टमा लन्च गरेको छ । जसको मूल्य चीनमा १७ हजार ३०० देखी १९ हजार डलरसम्म कायम गरिएको छ । यसको एक्सटेरियरमा सामान्य परिवर्तन गरिएको छ भने इन्टेरियर भित्र केही फिचर थप गरिएको छ ।

नयाँ एडिसनमा बीवाइडले कालो र रातो रङको पेन्ट स्किम दिएको छ भने ग्रीललाई झनै बोल्ड बनाएको छ । साथै पार्किङ गर्न सहज होस भनेर यसको फ्रन्टमा राडर जडान गरिएको छ । एड्भान्स ड्राइभिङ एसिस्टेन्समा सहजताका लागी कारको बडीमा ५ वटा क्यामेरा राखिएको छ ।

बीवाइडीको पछिल्लो ई–प्लेटफर्म ३.० मा आधारित भई निर्माण गरिएको यसमा भेइकल कन्ट्रोल यूनिट, ब्याट्री मेनेज्मेन्ट सिस्टम, पावर डिस्ट्रिब्यूसन यूनिट, ड्राइभ मोटर, मोटर कन्ट्रोलर, ट्रान्ससिमन र अन बोर्ड चार्जर जस्ता महत्वपूर्ण ८ फङ्सनलाई एउटै पावरट्रेनमा सामेल गरिएको छ ।

ब्याट्री र मोटर रेगुलर मोडलबाटै लिइएको यो कारले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । रेगुलर डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री र ७० किलोवाटको मोटर जडान गरिएको छ । इन्टेरियर भित्र उपलब्ध इक्विपमेन्टहरु पनि पुरानै मोडलबाट लिइएको यसको हेडरेष्टमा ५ लाख लेखिएको ब्याज टाँसिएको छ ।

डल्फिन हालै सम्पन्न नाडा अटो शोमा नेपाल आएको थियो । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले अटो शोबाट यसको वुकिङ निकै राम्रो संख्यामा प्राप्त गरेको जनाएको छ । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…यस्ताे

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…यस्ताे

काठमाडौं – ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।...

ओलाको पहिलो विद्युतीय कार ४ दिनपछि सार्वजनिक हुने

ओलाको पहिलो विद्युतीय कार ४ दिनपछि सार्वजनिक हुने

भारतमा इलेक्ट्रिक स्कुटर उत्पादन गरेर चर्चामा आएको ओलाले आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...