ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

काठमाडौं – ट्राफिक कारवाहीमा परी तपाईको ब्लुबुक वा लाइसेन्स ट्राफिक प्रहरीले लिएमा उक्त कागजात कहाँ र कुन कार्यालयमा पुगेको छ भनेर थाहा पाउन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले यसका लागि डकुमेन्ट ट्रयाकिङ प्रणाली (डीटीएस) को विकास गरेको छ ।

हाल काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ट्राफिक कारवाहीमा यसरी खिचिएका कागजात कुन कार्यालयमा छ भनेर थाहा पाउन सकिने छ । यसका लािग मोबाइलको म्यासेज बक्समा गएर ‘echalan’ टाइप गरी एक स्पेस छोडेर आर्थिक वर्ष र चिट नम्बर उल्लेख गरी ३४००१ मा पठाउन सकिन्छ ।

केही समयपछि आफ्नो कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयमा छ भन्ने कुराको जानकारी एसएमएस मार्फत नै प्राप्त हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चिट काटिएको केही समयपछि मात्र डीटीएस सक्रिय हुनेछ ।

यो प्रणालीको प्रयोग गरी अब सम्बन्धित व्यक्तिले आफ्नो कागजात कुन कार्यालयमा छ भन्ने कुरा थाहा पाउन सकिने छ ।

सम्बन्धित समाचारहरू

खोलेको तीन दिनमै प्राविधिक समस्या : लाइसेन्सको अनलाइन आवेदन बन्द

खोलेको तीन दिनमै प्राविधिक समस्या : लाइसेन्सको अनलाइन आवेदन बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।...

आज देखि  दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

आज देखि दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

काठमाडौं – दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ...

एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न मिल्छ कि मिल्दैन ? के छ व्यवस्था ?

एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न मिल्छ कि मिल्दैन ? के छ व्यवस्था ?

हाल एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...