शनिबार नेपाल सहित विश्वभर हुँदै डिस्टिङग्विस्ड जेन्टलम्यान राइड २०२५

काठमाडौं – विश्वभर मनाइने डिस्टिङग्विस्ड जेन्टलम्यान राइडको २०२५ संस्करण नेपालमा समेत मनाइने भएको छ । नेपालका विभिन्न स्थानमा सो राइड कार्यक्रमका लागि फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल अर्थात फोरे नेपालले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

क्लासिक र भिन्टेज बाइकमा सवार जेन्टलम्यानहरुको सहभागिता रहने सो राइड कार्यक्रम काठमाडौं सहित देशका विभिन्न स्थानमा हुनेछ । काठमाडौंमा नक्सालस्थित ट्रायम्फ शोरुमबाट सो कार्यक्रम प्रारम्भ हुनेछ भने ठिमीको कवच शोरुम हुँदै भक्तपुर, सल्लाघारी र फेरि कोटेश्वर, सिनामंगल हुँदै नक्साल नारायणचौरस्थित बाइकर्स क्याफेमा आएर राइड समापन हुनेछ ।

त्यसैगी चितवनमा रोयल राइनो राइडर्स, धरानमा इस्टर्न इन्जिनियरिङ र हेटौंडामा हेटौंडा इन्फिल्डर्स लगायतले यस्तै प्रकारको राइड कार्यक्रम आयोजना गर्दैछन् ।

द डिस्टिङग्विस्ड जेन्टलम्यान राइडले विश्वमा हुने विभिन्न इभेन्ट मध्ये सबैभन्दा ठूलो र आश्चर्यजनक इभेन्टको पहिचान कायम गरेको छ । डीजीआर वर्ल्डवाइड र यसको च्यारिटी पार्टनर ‘मोभेम्बर’ मार्फत प्रोस्टेट क्यान्सर तथा पुरुषहरुमा हुने मानसिक स्वास्थ्यको वारेमा चेतना जगाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

द डिस्टिङगुइस्ट जेन्टलम्यान राइड कार्यक्रममा सामेल हुने राइडरहरु ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुन्छन् । उनीहरुको औसत उमेर ४५ वर्ष हुने बताइएको छ ।

काठमाडौंमा यस प्रकारको राइड कार्यक्रम हुन थालेको ९ वर्ष पुगेको छ । सो अवसरमा करिव २ हजार राइडरहरु यस प्रकारको इभेन्टमा सहभागी भएर हजारौ डलर संकलन गरिसकेका छन् । नेपालमा सन् २०१६ देखि यो राइड प्रारम्भ भएको थियो ।

सम्बन्धित समाचारहरू

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

वडादसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...