अटो वर्कसपहरुलाई संघद्वारा सफाइ सामग्री हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले आफ्ना सदस्यहरुको वर्कसप सफा राख्नका लागि विभिन्न सामग्री वितरण गरेको छ । संघले काठमाडौंको कलंकीदेखि नागढुंगा सम्म र बाफलदेखि बनस्थलीसम्मका वर्कसपहरुलाई ती सामग्री वितरण गरेको हो ।

वर्कसपहरुलाई दुई लिटरको स्प्रे, पञ्जा र पाँच लिटरको सोडियम हाइड्रोक्लोराइड वितरण गरिएको हो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले ती सामग्री वर्कसप सञ्चालकहरुलाई हस्तान्तरण गरे ।

यी सामग्रीको सहयोगले वर्कसप सफा गर्नुका साथै सवारी साधनलाई डिस्इन्फेक्ट गर्न सहयोग गर्छ । यसबाट मेकानिक्सहरुलाई आफ्नो कार्यस्थल सफा राख्न सहयोग गर्ने विश्वास गरिएको बताइएको छ ।

यी सामग्री गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई प्रदान गरेको थियो ।

आगामी दिनमा अन्य क्षेत्रका वर्कसपहरुलाई समेत क्रमिक रुपमा यी सामग्री वितरण गरिने अध्यक्ष न्यौपानेले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...