बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टाटा जेन्युन पार्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटो पार्टसले टाटा मोटर्सको लोकप्रिय पिकअप योद्धाको जेन्युन पार्टसमा ४० प्रतिशतसम्म छुट अफर सार्बजनिक गरेको छ । पिकअपको दुनियाँमा योद्धालाई सबैभन्दा किफायती सधान प्रमाणित गर्न कम्पनीले जेन्युन पार्टसमा भारी छुट योजना सार्बजनिक गरेको हो । योद्धाका ग्राहकलाई सस्तो र किफायती मर्मत सम्भार सेवा उपलब्ध गराउन जेन्युन पार्टसमा भारी छुट योजना सार्बजनिक गरिएको कम्पनीका महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।
सस्तोको प्रलोभनमा परेर ग्राहकले नन् जेन्युन पार्टस् प्रयोग नगरुन भनेर यसको फास्ट मुभिङ पार्टसमा छुट योजना ल्याइएको उनले बताए । उनले भने, ‘बजारमा अझैपनि जेन्युन पार्टसको मूल्य महंगो पर्छ भन्ने एक प्रकारको भ्रम छ । सोही भ्रमलाई चिर्न र योद्धाका ग्राहकले सस्तो मुल्यमा जेन्युन पार्टस खरिद गरी गाडीको मर्मतसम्भार गराउन सकुन भनेर हामीले नयाँ योजना ल्याएका हौ । योजना अन्तर्गत ग्राहकले बेसिक सर्भिसिङका लागि आबश्यक पर्ने फास्ट मुभिङ पार्टसहरु जस्तो, क्लच प्लेट, फिल्टर, ब्रेक प्याड, ब्रेक शु र लुब्रिकेन्ट्समा छुट पाउनेछन् ।’ यो योजनाबाट योद्धाका ग्राहकले ठूलो लाभ उठाउन सक्ने उनले दाबी गरे ।
सिप्रदी अटो पार्टसले जेन्युन पार्टसको बजार प्रबद्र्न र यसको महत्वका बारेमा जनचेतना जगाउने उद्देश्यसहित बिगत ४ बर्षयता टाटा गुरु योजना समेत लागु गर्दै आइरहेको छ । यो योजनाबाट ग्राहकलाई जेन्युन पार्टसको महत्व बुझाउन सहज भएको र योजनामा संलग्न गुरु अर्थात मेकानिक्सहरुले समेत राम्रो उपलव्धी हाँसिल गरेको बुढाथोकीले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...