रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे,...
टाटा जेन्युन पार्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटो पार्टसले टाटा मोटर्सको लोकप्रिय पिकअप योद्धाको जेन्युन पार्टसमा ४० प्रतिशतसम्म छुट अफर सार्बजनिक गरेको छ । पिकअपको दुनियाँमा योद्धालाई सबैभन्दा किफायती सधान प्रमाणित गर्न कम्पनीले जेन्युन पार्टसमा भारी छुट योजना सार्बजनिक गरेको हो । योद्धाका ग्राहकलाई सस्तो र किफायती मर्मत सम्भार सेवा उपलब्ध गराउन जेन्युन पार्टसमा भारी छुट योजना सार्बजनिक गरिएको कम्पनीका महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।
सस्तोको प्रलोभनमा परेर ग्राहकले नन् जेन्युन पार्टस् प्रयोग नगरुन भनेर यसको फास्ट मुभिङ पार्टसमा छुट योजना ल्याइएको उनले बताए । उनले भने, ‘बजारमा अझैपनि जेन्युन पार्टसको मूल्य महंगो पर्छ भन्ने एक प्रकारको भ्रम छ । सोही भ्रमलाई चिर्न र योद्धाका ग्राहकले सस्तो मुल्यमा जेन्युन पार्टस खरिद गरी गाडीको मर्मतसम्भार गराउन सकुन भनेर हामीले नयाँ योजना ल्याएका हौ । योजना अन्तर्गत ग्राहकले बेसिक सर्भिसिङका लागि आबश्यक पर्ने फास्ट मुभिङ पार्टसहरु जस्तो, क्लच प्लेट, फिल्टर, ब्रेक प्याड, ब्रेक शु र लुब्रिकेन्ट्समा छुट पाउनेछन् ।’ यो योजनाबाट योद्धाका ग्राहकले ठूलो लाभ उठाउन सक्ने उनले दाबी गरे ।
सिप्रदी अटो पार्टसले जेन्युन पार्टसको बजार प्रबद्र्न र यसको महत्वका बारेमा जनचेतना जगाउने उद्देश्यसहित बिगत ४ बर्षयता टाटा गुरु योजना समेत लागु गर्दै आइरहेको छ । यो योजनाबाट ग्राहकलाई जेन्युन पार्टसको महत्व बुझाउन सहज भएको र योजनामा संलग्न गुरु अर्थात मेकानिक्सहरुले समेत राम्रो उपलव्धी हाँसिल गरेको बुढाथोकीले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...