एन्ड्रोइड अटो र एप्पल कारप्ले के हुन् ?
अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ।...
पछिल्लो केही समय यता कारमा नयाँ प्रविधिको रुपमा किलेस इन्ट्री अर्थात पुुस स्टार्ट बटन उपलब्ध भएको पाइन्छ । परम्परागत चाबी कुनै इग्निसन स्लटमा घुसाउनुको सट्टा किलेस इन्ट्री सिस्टममा चाबीलाई खल्तीमै राख्न सकिन्छ ।
कारमा भएका विभिन्न एन्टेना र रेडियो पल्स जेनेरेटरले की हाउजिङमार्फत स्मार्ट की पहिचान गरेर आवश्यक कार्य गर्छ । कुनै बटन वा सेन्सरको सहयोगले गाडी लक, अनलक र स्टार्ट हुने कार्य गर्छ । स्मार्ट की सिस्टममा भएको मेकानिकल ब्याकअपले यसमा सहयोग गर्छ ।
सन् १९९५ मा सिमेन्सले अन्वेषण गरेको सो प्रविधिलाई सबैभन्दा पहिले सन् १९९८ मा मर्सिडिज बेन्जले ‘कि–लेस गो’ को नाममा प्रयोगमा ल्याएको थियो । हाल बीएमडब्ल्यु र मर्सिडिज बेन्जका गाडीमा यो प्रविधि स्ट्यान्डर्ड रुपमा प्रयोग हुन थालेको छ भने अन्य धेरै कम्पनीले समेत यसको प्रयोग बढाउदै गएका छन् ।
यद्यपि किलेस इन्ट्री प्रविधिका आफ्नै फाइदा र बेफाइदा छन् ।
फाइदाहरु
ह्यान्ड्स फ्रि अपरेसन
हातमा कुनै अन्य वस्तु छ भने पनि समस्या हुँदैन । गाडीको रेन्जमा प्रवेश गरे पश्चात ढोका लगायतका अन्य आवश्यक वस्तु आफै खुल्छन् । कतिपय गाडीमा त झन् खुट्टाले टेक्दा नै ढोका आफै खुल्ने हुन्छ ।
थप सुरक्षाको प्रत्याभूति
आफ्नो कार स्टार्ट गर्नका लागि फरक खाले कोड चाहिने भए पछि ढुक्क हुन सकिन्छ । किलेस, पुस–बटन इग्निसन, इलेक्ट्रोनिक की आदिका लागि आधिकारिक ड्राइभिङ अनुमति चाहिन्छ र यसका लागि पावर एसेसरिज आवश्यक पर्छ । कोड बुझे पछि मात्र गाडी स्टार्ट हुन वा अनलक हुन सक्छ । यसबाट गाडीधनीले थप सुरक्षाको अनुभूति गर्न सक्छन् ।
अटोमेटिक लक
कहिलेकाहिं हतारमा पार्किङ गरे पश्चात गाडी लक गर्न बिर्सन्छ । यसले गर्दा कहिलेकाहिं ठूलै क्षति पनि हुन सक्छ । तर कारबाट निस्के पछि यो प्रविधिको कारण कार आफै लक हुन्छ । यसले गर्दा सुरक्षित हुन्छ ।
फाइदा मात्र होइन, यो प्रविधिका बेफाइदा पनि छन् । यसका बेफाइदालाई यसरी वर्णन गर्न सकिन्छ ।
महंगो
प्रविधि प्रयोग गरे पछि केही महंगो पर्ने नै भयो । यो प्रविधि भएका गाडी केही महंगो पर्न जान्छन् ।
कार स्वचालित हुने
कहिलेकाहिं इन्जिन अन भइरहदा कारको लाइट र अन्य इलेक्ट्रोनिक्सले मन्द रुपमा कार्य गरिरहन्छ । धेरै ब्रान्डेड कार आफै अफ हुन्छन्, तर कमसल ब्रान्डको भयो भने इन्धन नसकिदा सम्म स्वचालित रुपमा इन्जिन चल्छ र यसले खराबी ल्याउन सक्छ ।
स्मार्ट बन्दै चोर
प्रविधि जति विकसित हुँदै जान्छ, उति नै चोरहरुले पनि नयाँ प्रविधिको विकास गर्छन् । ह्याकरहरुले यसमा भूमिका खेल्न सक्छन् । की प्रोग्रामिङ टुल्स र चिपहरु अनलाइन रुपमा पाउन सकिन्छ । यसले गर्दा चोरहरुले प्रविधिको दुरुपयोग गरी गाडी चोर्न झनै सहज हुन सक्छ ।
यी सबै फाइदा र बेफाइदा हुँदा हुँदै पनि आगामी दिनमा यस्ता प्रविधिलाई अझै गुणस्तरीय बनाएर कार प्रयोग अझै सहज बन्दै जाने आशा गर्न सकिन्छ ।
अहिले बजारमा आउने अधिकांश नयाँ कार अत्याधुनिक प्रविधिसहित ल्याइन्छ।...
चिनियाँ अटो निर्माता डोङफेङले नामी ०६ ई१ इलेक्ट्रिक एसयूभीलाई दक्षिण...
काठमाडौं–एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...