डिओ अभावको फाइदा टीभीएस र यामाहालाई, अनुमान नमिल्दा गुम्यो बजार हिस्सा

नेपाली बजारमा सर्बाधिक रुचाइने गरेको स्कुटर हो होन्डा डिओ । तर पनि पछिल्लो समयमा नेपाली बजारमा पर्याप्त स्टक नहुँदा ग्राहकले सो स्कुटर चाहेर पनि किन्न पाएनन् । यसले गर्दा विभिन्न समयमा यसको बुकिङ मात्र खुल्ने गरेको पाइएको छ ।

पहिले नै बुकिङ गर्नेहरुका लागि ५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएकोमा हालै होन्डा डिओ स्कुटर नेपाली बजारमा भित्रिएको छ । अब भने बुकिङ गर्नु नपर्ने सोरुमहरुले बताइरहेका छन् । अब डिओको अभाव हुने छैन ।

स्कुटर सेग्मेन्टमा सर्बाधिक बिक्री हुने होन्डा डिओ अभाव भएपछि यसको सिधा फाइदा यामाहा र टीभीएस स्कुटरलाई पुगेको छ । कोरोना महामारीले चर्को रुप लिंने आँकलन गदै होन्डा टु ह्विलरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले लकडाउन शुरु भएयता नयाँ स्कुटर मगाउन छाडेपछि मुख्य सिजन दशैंदेखि नै डिओ बजारमा अभाव हुन थालेको थियो ।

कम्पनीसँग भएको स्टक दशै आसपासको समयमा बिक्री गरेको कम्पनीले बिक्री नहुने आँकलन गर्दै त्यसयता नयाँ स्कुटर मगाउन छाडेको थियो । जसको असर होन्डा ब्रान्डको बिक्रीमा देखियो भने टीभीएस एनटर्क र यामाहा फेसिनो तथा रेजीको बिक्री ह्वात्तै बढेको छ ।

स्याकार ट्रेडिङले असोज अन्तिम तिर एक बिज्ञापन प्रकाशन गर्दै आफूसँग डिओको स्टक सकिएको र नयाँ लिन इच्छुक ग्राहकलाई बुकिङ लिन आग्रह गरेको थियो । तर ग्राहकले डिओको प्रतिक्षा नगरी टीभीएस र यामाहामा सिफ्ट भएका कारण बीचको यो समयमा होन्डाले नराम्रोसँग बजार हिस्सा गुमाउनु परेको हो ।

सर्बाधिक बिक्री हुने डिओको बिक्री प्रभाबित बनेपछि टु ह्विलर बजारमा होन्डाले मार्केट सेयर नै गुमाउनु परेको नाम उल्लेख नगर्ने शर्तमा एकजना अटोमोबाइल सम्बद्ध कर्मचारी बताउँछन् । उनका अनुसार कोरोनाका कारण स्कुटरको बिक्री नहुने अनुमान लगाएकै कारण बीचको यो समयमा होन्डाले बजार गुमाउनु परेको हो । ‘होन्डाको उक्त कमजोरी पत्ता लगाएर टीभीएस र यामाहाले स्कुटरको आयात बढाउँदै लग्यो र बिक्री पनि रामै्र्र भयो । तर होन्डाले पछिसम्म पनि नयाँ स्टक मगाउन खासै रुचि देखाएको पाइएन । जसको फाइदा टीभीएस र यामाहालाई भयो’ उनले भने ।

डिओको बिक्रीमा दीर्घकालीन असर पर्न सक्ने
नेपाली बजारमा डिओका क्रेजी राइडर ठुलै संख्यामा छन् । स्कुटर खरिद गर्ने मनशाय बनाएका राइडरमध्ये अधिकांशले पहिला डिओका बारेमा बुझ्ने र त्यसपछि मात्र निर्णय लिने गरेको पाइन्छ । यस्तो अबस्थामा स्कुटरकै अभाब भएपछि राइडरलाई अन्य ब्रान्डमा सिफ्ट हुन सजिलो भयो ।

यो अवधिमा डिओका सम्भाबित ग्राहकमध्ये झन्डै ९० प्रतिशत हाराहारीले टीभीएस र यामाहा स्कुटर खरिद गरेको उनले बताए । अन्य १० प्रतिशतले भने होन्डाकै ग्राजिया खरिद गरे । यसरी ठूलो फ्यान प्लोअर नै अर्को ब्रान्डमा सिफ्ट भएपछि यसको असर डिओ बिक्रीमा दिर्घकालसम्म पर्ने उनले दाबी गरे ।

‘डिओका संभाबित ग्राहकको ठूलो हिस्साले प्रतिस्पर्धी ब्रान्डमा रुचि बढाउनु होन्डाका लागि भोलिका दिन झनै कठिन बन्ने संकेत हो । डिओ छाडेर सकेसम्म अन्य ब्रान्डमा जान नै नचाहने ग्राहकले बीचको यो समयमा टीभीएस र यामाहा ब्रान्डका स्कुटरको अनुभब गर्न पाए । यी दुबै ब्रान्डको स्कुटर स्टाइल, फिचर र पर्फमेन्समा अब्बलसमेत रहेको हुँदा भोलिका दिनमा यी स्कुटरमा रुचि बढ्ने र फलस्वरुप बिक्री बढ्दै जाने देखिन्छ’ उनले भने ।

यसैगरी सबैभन्दा बढी बिक्री हुने स्कुटरकै बिक्री प्रभाबित बन्दै गएको खण्डमा होन्डाले भोलिका दिनमा बजार हिस्सा गुमाउँदै जानुपर्ने देखिन्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...