बढ्यो हिरोका मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ सबै मोडलको नयाँ मूल्य
काठमाडौं – नेपाली बजारमा हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरो मोटोकर्पले भारतमा जुम ११० स्कुटर एलएक्स, भीएक्स र जेडएक्स गरी ३ भेरिएन्टमा लन्च गरेको छ । सो स्कुटर हिरो मेस्ट्रोको तुलनामा नयाँ डिजाइन र फिचरको साथमा लन्च गरिएको हो । सो स्कुटर प्रिमियम लुकमा उपलब्ध छ ।
हिरो जुम स्कुटरमा ११०.९ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड एफआई इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८.०४ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ ।
हिरो जुम ११० स्कुटरले होन्डा डियो, टीभीएस जुपिटर र होन्डा एक्टिभा स्मार्ट जस्ता लोकप्रिय स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । जुम स्कुटर शार्प र स्कल्प्टेड डिजाइनमा समेटिएको छ । सो स्कुटर अल एलईडी हेडल्याम्प र एक्स–शेपको एलईडी डे–टाइम रनिंग लाइटको साथमा उपलब्ध हुनेछ ।
नयाँ हिरो जुममा ब्लुटुथ कनेक्टिभिटीको साथमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२ इन्चको अलोय ह्विल जस्ता फिचर समावेश गरिएको छ । यसमा ब्लुटुथको उपयोग गरेर डिजिटल डिस्प्लेलाई स्मार्टफोनसँग जोड्न सकिन्छ ।
स्कुटरको टप भेरिएन्ट जेडएसमा कर्नरिङ बेन्डिङ लाइट दिइएको छ । स्कुटरको फ्रन्टमा एप्रन एंगुलर र ह्यान्डलबारमा काउलिंगमा इन्डिकेटर दिइएको छ ।
स्कुटरको टेललाइटलाई पनि एक्स प्याटर्नमा राखिएको छ । ब्रेकिङको लागि टप भेरिएन्टमा डिस्क ब्रेक दिइएको छ । सो स्कुटरको बुकिङ खुल्ला गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...
हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...
काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...