रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट

टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन नेपाली सोरुममा आइपुगेको छ । रेगुलर नेक्सन ईभीको तुलनमा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको वुकिङ समेत खुल्ला गरिएको छ ।

हाल कारोबार भैरहेको रेगुलर नेक्सन ईभीको स्पेशल एडिसन यो कार एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल दुई भेरिएन्टमा नेपाल आएको हो । जसको मूल्य ४२ लाख र ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसको रेगुलर भेरिएन्टमा एक्सजेड प्लसको ४० लाख र एक्सजेड प्लस लक्जरीको ४२ रुपैयाँमा करोबार भैरहेको छ ।

२ लाख रुपैयाँ वढी रकम तिरेर खरिद गर्दा यो गाडीमा ग्राहकले पाउने एकमात्र फरक भनेको व्ल्याक कलर थिम हो । ब्याट्री प्याक, मोटर र अन्य विशेषताहरु रेगुलर मोडलबाटै लिइएको यो नयाँ एडिसनलाई स्पेसल बनाउन टाटा मोटर्सले एक्स्टेरियर र इन्टेरियर लगायत सम्पूर्ण भागमा कालो रङलाई आकर्षक तवरबाट समायोजन गरेको छ ।

इलेक्ट्रिक ब्लु एसेन्ट सहित ब्ल्याक कलर थिममा डिजाइन गरिएको यो कारको ड्यासवोर्डलाई पियानो ब्ल्याक कलर र सिट लगायत सिट बेल्ट र अन्य इन्टेरियर फिचर्सलाई डार्क थिममा सजाइएको छ । जसका कारण रेगुलर नेक्सन ईभी भन्दा यो कार देख्दा भिन्दै र निकै आकर्षक देखिन्छ । नेपाली ग्राहकले निकै नै रुचाएको यसको रेगुलर नेक्सन ईभी निलो र सेतो रङमा उपलब्ध रहँदै आएको छ ।

स्पेसल एडिसन भने पछि सामान्य एडिसन भन्दा फरक हुन्छ । यो धेरै संख्यामा उत्पादन पनि गरिदैन । ब्ल्याक कलर थिममा भएकाले यो सडकमा गुडाउदा पनि निकै नै फरक देखिने अनुमान गरिन्छ । यसले गर्दा नै ग्राहकले यस्ता स्पेसल एडिसन रुचाउने गर्छन् ।

नेपालको सन्दर्भमा पनि त्यही कुरा लागू हुने टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ । स्पेसल एडिसन भएकैले हाल केही संख्यामा मात्र उपलब्ध यो ईभी सोल्ड आउट भइसकेको सिप्रदी स्रोतले जनाएको छ । अब बुकिङ गर्नेले स्पेसल एडिसन पाउन कमसेकम एक महिना देखि तीन महिना सम्म पर्खिनु पर्ने अवस्था छ ।

सम्बन्धित समाचारहरू

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

यसरी भएको थियो चीनले सङ्घीय संसद् सचिवालयलाई दिने सवारी साधन सहयोगको घोषणा

चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक...

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...