नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...
काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन नेपाली सोरुममा आइपुगेको छ । रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको बुकिङ समेत खुल्ला गरिएको छ । हाल कारोबार भैरहेको रेगुलर मोडलको स्पेशल एडिसन यो कार एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल दुई भेरिएन्टमा नेपाल आएको हो । जसको मूल्य ४२ लाख र ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसको रेगुल भेरिएन्टमा एक्सजेड प्लसको ४० लाख र एक्सजेड प्लस लक्जरीको ४२ रुपैयाँमा करोबार भैरहेको छ ।
टाटा मोर्टर्सले यो कारलाई ब्ल्याक कलर थिममा डिजाइन गरेको छ । यसको भित्री र बाहिरी दुवै भागमा आकर्षक तवरले कालो रङलाई समायोजन गरिएको हो । कारको ड्यासवोर्डलाई पियानो ब्ल्याक कलर र सिट लगायत अन्य इन्टेरियर फिचर्सलाई डार्क थिममा सजाइएको छ । ब्याट्री, मोटर र अन्य मेकानिकल पक्ष भने रेगुलर मोडललाई निरन्तरता दिइएको छ ।

यो कारमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट क्षमताको पीएसएमएस मोटर जडान गरिएको छ । रेगुल मोडलमा जस्तै यसमा पनि ३.३ किलोवाट क्षमताको अनवोर्ड चार्जर पाउन सकिन्छ । यो कारमा स्मार्ट रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध छ । पावर तथा टर्कको कुरा गर्नुपर्दा यो कारले १२९ पीएसको पावर र २४५ एनएमको टर्क जेनेरेट गर्छ ।
यो स्पेशल एडिसनमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, ७ इन्चको टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ७ इन्चकै फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता दिइएको छ । एक्सजेड प्लस लक्जरीमा भने सनरुफ समेत उपलब्ध रहेको छ ।

यसको साथै यसमा रियर एसी भेन्ट, कुल्ड ग्लोब बक्स, रियर सेन्ट्रल आर्मरेष्ट, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, २०५ एमएम ग्राउन्ड क्लियरेन्स र सनरुफ उपलब्ध छ ।
सेफ्टी फिचर्स अन्तर्गत यसमा ईबीडी सहितको एबीएस, हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, डाइनामिक गाइड लाइनसहितको रिभर्स पार्किङ क्यामेरा र ड्युअल फ्रन्ट एयरब्याग दिइएको छ ।
यो कारलाई एसी चार्जरको सहायतामा फुल चार्ज गर्न ८.५ घन्टा लाग्छ भने डिसी फास्ट चार्जरको सहायतामा एक घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फुल चार्ज गरेपछि ३१२ किलोमिटर सम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...
राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई...
चिनियाँ विद्युतीय तथा हाइब्रिड सवारी निर्माता बीवाईडीले सवारी सुरक्षा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...