२०७७ चैत ३० सोमबार,

फरक फरक उड्ने कार : एकबाट अर्को छतमा जाने देखि क्वाडकोप्टर सम्म

Post adv

अटो निर्माताहरुका लागि उड्ने कार निर्माण गर्नु एक सपना थियो । यद्यपि कैयौ कम्पनीहरु उड्ने कारका लागि काम गरिरहेका छन् । जनरल मोटर्स, उबर, टोयोटा र हुन्डाई जस्ता कम्पनीले उड्ने कार निर्माण गर्ने दिशामा तीव्र गतिमा सक्रिय रहेका छन् ।

जनरल मोटर्सले कन्ज्यूमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२१ मा विना ड्राइभर उड्ने र ल्यान्ड हुने कार प्रदर्शन गरेको थियो । भविष्यको आवश्यकतालाई देखेर कम्पनीले यस्तो कन्सेप्ट प्रस्तुत गरेको थियो । सो कन्सेप्ट कारको नाम क्याडिलाक हो । सो कार विना ड्राइभर यात्रीलाई एक ठाउँबाट अर्काे ठाउँमा लैजाने क्षमताको रहेको छ । कोरोना महामारीको कारणले यो वर्ष सीईएसको आयोजना भर्चुअल रुपमा भएको थियो ।

जनरल मोटर्सका अनुसार सो कारमा एक यात्रीले यात्रा गर्न सक्छन् । यसको लागि जमिनबाट सिधा उड्न सकिने र एक छतबाट अर्काे छतमा ल्यान्ड गर्न सकिने जानकारी दिइएको छ । सो कारको स्पिड ८८.५ किलोमिटर प्रतिघन्टा रहेको छ । क्याडिलाक एक इलेक्ट्रिक कार हो जसमा ९० किलोवाटको मोटर समावेश गरिएको छ ।

उड्ने कार क्याडिलाकको बडी निकै हल्का रहेको छ । यसमा जीएम अल्टियम ब्याट्री प्याक र चार रोटर समावेश गरिएको छ । कारको अगाडि र पछाडि स्लाइडिङ ढोका जडान गरिएको छ । कारमा बायोमिट्रिक सेन्सर, भ्वाइस कन्ट्रोल र हातको इशारामा चल्ने विशेषता समावेश गरिएको छ । कारको भिडियो सार्वजनिक गर्ने समयमा सो कार चाँडै नै लन्च हुने घोषणा गरिएको थियो ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका इन्जिनियरहरुले भविष्यमा हरेक घरमा ड्राइभिङ ड्रोन हुने जानकारी दिएका छन् । विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका टिमले ८ मिनी क्वाडकोप्टरमा टायर जडान गरी ड्राइभिङ र उडानमा परीक्षण गरिरहेका छन् । कार्डवोर्ड र फेब्रिकबाट बनेको सो सानो ड्रोनले शहरको चारैतिर उडान भरेको थियो ।

Advertise Eleven Advertise Ten Advertise Nine

इन्स्टिच्यूटका अनुसार फ्लाइङ कारको तुलनामा बिना पाङग्राको ड्रोनले १४ प्रतिशत बढी दुरी तय गर्न सकिन्छ । वैज्ञानिकहरुले पनि फ्लाइङ कारको तुलनामा ड्रोन राम्रो विकल्प भएको स्वीकार गरेका छन् ।

चीनमा विकसित गरिएको ह्याग १८४ अटोनोमस एरियल भेइकल एक क्वाडकोप्टर जस्तो अल इलेक्ट्रिक विमान हो । यसमा एक सिट मात्र रहेको छ । विशेषगरी व्याट्रीबाट चल्ने ड्रोन कम्प्याक्ट र पर्यावरणको लागि अनुकूल हुनुका साथै शहरी वातावरणको लागि उपयुक्त हुन्छ ।

 

Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...