केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च
भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन...
नयाँ कार किन्ने निर्णय गर्दा बजारमा उपलब्ध विभिन्न प्रकारका गाडीहरूले धेरैलाई अलमलमा पार्न सक्छ। आवश्यकता र जीवनशैलीलाई सुहाउँदो सही गाडी छनोट गर्नका लागि विभिन्न कारका प्रकारहरू बीचको भिन्नता बुझ्न महत्त्वपूर्ण छ। बजारमा ह्याचब्याक, सेडान, एसयुभी, एमयूभी/एमयुभी, कुपे, कन्भर्टिबल, भ्यान र पिकअप ट्रक जस्ता थुप्रै विकल्पहरू उपलब्ध छन् ।
ह्याचब्याक: जीवनको पहिलो कार किन्दै हुनुहुन्छ भने, ह्याचब्याक एक उत्कृष्ट विकल्प हुन सक्छ। आकारमा सानो, बजेटमैत्री र राम्रो माइलेज दिने भएकाले यो विशेषगरी भीडभाडयुक्त शहरी क्षेत्र र ट्राफिक सडकको लागि उपयुक्त छ। यसको कम्प्याक्ट आकारले गर्दा यो दैनिक कामकाजका लागि पनि आरामदायक र किफायती मानिन्छ, जुन सानो परिवार भएका मानिसहरूका लागि उत्तम छ।
सेडान: बढी ठाउँ, आराम र विलासिता चाहनेहरूका लागि सेडान उपयुक्त छ। ह्याचब्याकभन्दा लामो आकारमा आउने सेडानमा पर्याप्त बुट स्पेस र भण्डारण क्षमता हुन्छ। यो लामो दूरीको यात्राका लागि पनि राम्रो विकल्प मानिन्छ र ह्याचब्याकको तुलनामा बढी आरामदायी हुन्छ।
एसयुभी : शक्तिशाली गाडीको खोजीमा रहेका खरिदकर्ताका लागि एसयुभी एक उत्कृष्ट छनोट हो। यसलाई कच्चा सडकका साथै तीव्र गतिमा सडकमा पनि चलाउन सकिन्छ। यसको उच्च ग्राउन्ड क्लियरेन्सका कारण यसलाई कच्चा क्षेत्र, पहाड र अफ-रोडिङ ट्र्याकहरूमा आरामसँग चलाउन सकिन्छ। एसयुभीमा यात्रु र सामानका लागि पर्याप्त ठाउँ हुन्छ, जसले गर्दा यो ठूलो परिवार वा धेरै सामान बोक्ने मानिसहरूका लागि पूर्ण रूपमा उपयुक्त छ।
कुपे : कुपे आफ्नो उच्च गति, अद्भुत सडक उपस्थिति, स्टाइलिश डिजाइन र राम्रो प्रदर्शनका लागि परिचित छ। आकर्षक कार र उत्कृष्ट ड्राइभिङ अनुभव चाहनेहरूका लागि कुपे उपयुक्त हुन्छ । कुपे अत्यधिक शक्ति, गति र सडक नियन्त्रण जस्ता फिचरका साथ उपलब्ध हुन्छ ।
क्रसओभर : क्रसओभर एक यस्तो कार हो जसले एसयूभीका सुविधासँगै नियमित कारका विशेषता पनि प्रदान गरेको हुन्छ । यो अफ-रोडिङका लागि पनि उपयुक्त हुन्छ। क्रसओभर कारले सामान्यतया एमयूभीभन्दा राम्रो माइलेज दिन्छ । ड्राइभिङ र प्रदर्शनका हिसाबले क्रसओभर यात्रु कारको बराबर हुन्छ, तर यसमा यात्रु र सामानका लागि बढी ठाउँ प्रदान गरेको हुन्छ ।
आवश्यकता र प्राथमिकता अनुसार सही गाडी छनोट गर्दा, यी सबै भिन्नताहरूलाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ । आफ्नो जीवनशैली र बजेटलाई विचार गरेर मात्र उपयुक्त कार छनोट गर्नु उपयुक्त हुन्छ ।
भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन...
काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र सेवा दिँदै आएको महानगर यातायात...
सवारी साधनका चालकलाई हावा, घाम र पानीबाट बच्नको लागि सवारी साधनको अगाडि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...