गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’
सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन...
मारुती सुजुकीले आफ्नो नयाँ एसयूभी मारुती सुजुकी ग्राण्ड भिटारा लन्च गर्ने तयारी गरिरहेको छ । मारुती सुजुकीले आफ्नो ग्रान्ड भिटारा मोनिकरलाई पुनरुत्थान गर्दैछ । नयाँ २०२२ को ग्रान्ड भिटारा र पुरानो २०१० को ग्रान्ड भिटारामा कति भिन्नता छ त ?
यी दुई एसयूभीको साइजमा ठूलो भिन्नता हुने भएको छ । २०१० को ग्राण्ड भिटाराको लम्बाई ४५०० एमएम, चौडाइ १८१० एमएम, उचाई १६९५ एमएम र ह्विलबेस २६४० एमएम दिइएको थियो भने नयाँ २०२२ ग्रान्ड भिटाराको लम्बाई ४३६५ एमएम, चौडाइ १७९५ एमएम, उचाई १६३५ एमएम र ह्विलबेस २६०० एमएम हुन सक्ने अपेक्षा गरिएको छ ।
मारुती सुजुकीले नयाँ ग्राण्ड भिटारामा सेगमेन्ट–एक्सक्लुसिभ अल–ह्विल ड्राइभ फिचरको साथ लन्च गर्न गइरहेको छ भने पुरानो ग्रान्ड भिटारा अफ–रोड एसयूभी थियो । सो एसयूभी ४ह४ ड्राइभट्रेन र लक गर्न मिल्ने सेन्ट्रल डिफ्रेन्सियलको साथमा बिक्री गरिन्थ्यो ।
पुरानो मोडलमा सामान्य ड्राइभिङ, माइल्ड अफ–रोडिङ, एक्सट्रीम अफ–रोडिङ र न्यूट्रल गरी ४ वटा ड्राइभ मोडहरू थिए । २०२२ ग्रान्ड भिटाराको एडब्ल्युडी सिस्टम अफ–रोडिङका लागि त्यति सक्षम हुने छैन ।
पुरानो मोडलमा २.४ लिटर पेट्रोल भेरिएबल भल्व टाइमिङ इन्जिन थियो । सो इन्जिनले अधिकतम १६६ बीएचपीको पावर र २२५ एनएमको टर्क जेनेरेट गथ्र्यो । यसमा ५ स्पिड म्यानुअल वा ४ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प थियो ।
२०२२ ग्रान्ड भिटारामा ११६ बीएचपीको पावर र १४१ एनएम टर्कको संयुक्त आउटपुट भएको फ्रन्ट–ह्विल ड्राइभ पेट्रोल हाइब्रिड पावरट्रेन जडान गरिनेछ । यसमा एडब्ल्युडी भर्सनको लागि १.५ लिटर पेट्रोल इन्जिन जडान गरिनेछ, जसले १०२ बीएचपीको पावर र १३५ एनएमको टर्क जेनेरेछ गर्छ ।
पुरानो मारुती सुजुकी ग्रान्ड भिटारा हार्डकोर एसयूभी थियो । सो एसयूभी अफ–रोडको लागि सक्षम र कठिन भू–भागमा चलाउन सजिलो थियो । नयाँ २०२२ ग्रान्ड भिटारा अधिक शहरी केन्द्रित छ र मोनोकक च्यासिसमा निर्मित छ ।
पुरानो ग्रान्ड भिटारा एसयूभीको पछाडि स्पेयर ह्विलसहितको अफ–रोडरको टेलगेट डिजाइन थियो । नयाँ २०२२ मारुती ग्रान्ड भिटारामा परम्परागत बुटको लिड हुनेछ ।
सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन...
जापानी कार निर्माता कम्पनी सुजुकीले घरेलु बजारमा वागनआर स्माइल लन्च गरेको...
सुजुकीले आफ्नो लोकप्रिय स्पोर्टी स्कुटर एभेनिसको नयाँ स्पेसल एडिसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...