नाडा अटो शोमा नामी ०६ सार्वजनिक
काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागी चुनाबी माहोल चर्किदै गएको छ । अध्यक्षमा हालसम्म २ जना व्यवसायी धुब्र थापा र करण कुमार चौधरीले आ–आफ्नो उम्मेदवारी घाषणा गरेका छन् । मंसिर २२ र २३ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने नाडाले जनाएको छ ।
यसपाली अध्यक्षमा दाबेदारी प्रस्तुत गर्ने दुबै उम्मेदवार नाडामा लामो समयदेखि कार्यरत रहँदै आएका र दुबैजनाले नेतृत्वमा उच्च आकांक्षा देखाएका कारण नेतृत्व चयन निकै प्रतिस्पर्धि हुने देखिएको छ । जसका कारण अहिले पदाधिकारीमा आकांक्षी अन्य व्यवसायी समेत प्यानलमा कित्ताकाट भैरहेका छन् ।
चुनाव नजिकिएसँगै उनीहरु प्यानल नै बनाएर देश दौडाहामा निस्किन थालेका छन् । अध्यक्षका प्रत्यासी थापाले हालै आफू निकट व्यवसायीहरुको नाम उल्लेख गरी १२ सदस्यिय आधिकारिक प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा यसअघि नाडामा पदाधिकारी भैसकेका व्यवसायीको बर्चश्व रहेको देखिन्छ । त्यसैगरी केही नयाँ अनुहार समेत सामेल भएका छन् ।
थापाले आफ्नो प्यानलमा आकाश गोल्छा, दिपेन्द्र कुमार मिश्रा, मोहन बाबु खड्का, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश सिग्देल, प्रदिपमान प्रधान, ऋद्धि कार्की, संजय खेतान र शुभासिस थपलियालाई सामेल गराएका छन् । उनको प्यानलमा गाडी बिक्रेतादेखि स्पेयर पार्ट्स र इक्विपमेन्ट बिक्रेताको समेत प्रतिनिधित्व भएको देखिन्छ ।
प्यानलको औपचारिक घोषणा गरेलगत्तै पूर्वको भ्रमणमा निस्किएका थापा अहिले आफू निकट व्यवसायीको समुह लिएर विर्तामोड, इटहरी र विराटनगरका व्यवसायीसँग अन्तरक्रिया गरिरहेका छन् । नाडामा आफू विजय भए सबै व्यवसायीलाई समेटर अघि बढ्ने उद्घोष गरेका उनले ६ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् ।
काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगामी बजेटमा कर...
काठमाडौं–३ दिनपछि सुरु हुने नाडा अटो शोमा यसपटक चारपाङ्ग्रे सवारी साधनबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...