धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी परेको छ । स्वतन्त्र मेयरको रुपमा चर्चामा रहेका हमालले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा स्काइवेल बीई११ ईभी बुकिङ गरेका छन् ।

स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाश बाबु गेलालले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

नेपाली बजारमा स्काइवेलको सबैभन्दा बढी अर्थात ६२० किलोमिटर रेन्ज दिने स्काइवेल ईटी५ ईभी उपलब्ध छ । स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ रहेको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

हालै जी मोटर्सले यो भन्दा केही कम रेन्ज दिने ईभी स्काइवेल बीई११ समेत नेपाल भित्र्याएको छ । स्काइवेल बीई११ का दुई मोडल प्रदर्शनमा राखिएका छन् ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।

नाडा अटो शो २०२४ को अवसरमा ईटी५ मा ५ लाख र अन्य दुई मोडलमा ४ लाख रुपैयाँ छुट समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

चीनमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कारको प्रतिस्पर्धी बन्दै चांगन मिनी ईभी : आउन सक्छ नेपाल

चीनमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कारको प्रतिस्पर्धी बन्दै चांगन मिनी ईभी : आउन सक्छ नेपाल

चिनियाँ कार निर्माता कम्पनी चांगनले सानो इलेक्ट्रिक कार ‘लुमिन कर्न’...

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने

अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...