धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी परेको छ । स्वतन्त्र मेयरको रुपमा चर्चामा रहेका हमालले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा स्काइवेल बीई११ ईभी बुकिङ गरेका छन् ।

स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाश बाबु गेलालले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

नेपाली बजारमा स्काइवेलको सबैभन्दा बढी अर्थात ६२० किलोमिटर रेन्ज दिने स्काइवेल ईटी५ ईभी उपलब्ध छ । स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ रहेको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

हालै जी मोटर्सले यो भन्दा केही कम रेन्ज दिने ईभी स्काइवेल बीई११ समेत नेपाल भित्र्याएको छ । स्काइवेल बीई११ का दुई मोडल प्रदर्शनमा राखिएका छन् ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।

नाडा अटो शो २०२४ को अवसरमा ईटी५ मा ५ लाख र अन्य दुई मोडलमा ४ लाख रुपैयाँ छुट समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

काठमाडौं–सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटो कर्पले नाडा...

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

इलेक्ट्रिक कार ओरा गुड क्याटको सफलतापूर्वक नेपाली सडकमा परीक्षण सम्पन्न

काठमाडौँ – ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...