धनगढीमा अटो -याली र चाँदनी दोधारा पुल क्षेत्रमा अटोक्रस आयोजना हुने

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटो -याली र अटोक्रस हुने भएका छ । आगामी फागुन १६ र १७ मा हुने सो इभेन्टको वारेमा धनगढीमा एक प्रेस मिटमार्फत जानकारी सार्वजनिक गरिएको हो ।

धनगढी अटो -याली र अटोक्रसको घोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुष्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्ट्सलाई सुदूरपश्चिममा सो कार्यक्रमबाट शुरुआत गरिने बताए ।

प्रेस मिटमा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्ट्सले सुदूरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए ।

प्रेस मिटमा बताइए अनुसार धनगढीबाट शुरू गरिने अटो -यालीमा न्यूनतम ५० वटा कार र जिप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टीएसडी फ्म्र्याटको -यालीमा सहभागी हुनेछन् ।

प्रत्येक गाडीमा ड्राइभर र नेभिगेटर गरि २ जनाको टिम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ । जसको विजयीले क्रमश ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने संपूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै चाँदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटो -यालीका सहभागीबाट २० ड्राइभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट प्रदान गरिने छ ।

इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकको भनाइ छ ।

जुनसुकै क्षमता र डिजाइनका निजी कार र जिपलाई अटो ¥यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार दक्ष प्राविधिक र मार्शलहरुको सुपरिवेक्षणमा सो इभेन्ट संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।

सुदूरपश्चिम खेलकुद परिषदको मुख्य सहयोग रहेको सो इभेन्टमा पर्शुराम नगरपालिका, स्थानीय उद्योग वाणिज्य संघहरु, अटोमोबाइल व्यवसायी संस्था लगायतका संघसंस्थाको सहयोग हुनेछ ।

प्रेस मिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले आफ्नो धारण राखेका थिए ।

सम्बन्धित समाचारहरू

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

काठमाडौं – एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय समितिमा अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...