थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर
एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १...
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटो -याली र अटोक्रस हुने भएका छ । आगामी फागुन १६ र १७ मा हुने सो इभेन्टको वारेमा धनगढीमा एक प्रेस मिटमार्फत जानकारी सार्वजनिक गरिएको हो ।
धनगढी अटो -याली र अटोक्रसको घोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुष्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्ट्सलाई सुदूरपश्चिममा सो कार्यक्रमबाट शुरुआत गरिने बताए ।
प्रेस मिटमा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्ट्सले सुदूरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए ।
प्रेस मिटमा बताइए अनुसार धनगढीबाट शुरू गरिने अटो -यालीमा न्यूनतम ५० वटा कार र जिप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टीएसडी फ्म्र्याटको -यालीमा सहभागी हुनेछन् ।
प्रत्येक गाडीमा ड्राइभर र नेभिगेटर गरि २ जनाको टिम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ । जसको विजयीले क्रमश ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने संपूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै चाँदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटो -यालीका सहभागीबाट २० ड्राइभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट प्रदान गरिने छ ।
इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकको भनाइ छ ।
जुनसुकै क्षमता र डिजाइनका निजी कार र जिपलाई अटो ¥यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार दक्ष प्राविधिक र मार्शलहरुको सुपरिवेक्षणमा सो इभेन्ट संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।
सुदूरपश्चिम खेलकुद परिषदको मुख्य सहयोग रहेको सो इभेन्टमा पर्शुराम नगरपालिका, स्थानीय उद्योग वाणिज्य संघहरु, अटोमोबाइल व्यवसायी संस्था लगायतका संघसंस्थाको सहयोग हुनेछ ।
प्रेस मिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले आफ्नो धारण राखेका थिए ।
एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १...
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
काठमाडौं – मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...