अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने, मन्त्रिपरिषदले ग-यो प्रमुख १२ नीतिगत परिवर्तनको निर्णय
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...
काठमाडौं— वार्षिक रूपमा आयोजना हुने डिस्टिङग्विस्ड जेन्टलम्यान्स राइड (डीजीआर) यस वर्ष फोरे नेपालकाे आयोजनामा नेपालमा अझ प्रभावशाली रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य पुरुषको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउनु तथा कोष संकलन गर्नु रहेको छ। यस वर्षको प्रमुख साझेदार ट्रायम्फ मोटरसाइकल्स नेपाल रहेको थियो, जसको सहयोगले राइडलाई थप भव्य, व्यापक र प्रभावशाली बनाएको आयोजकहरूले जनाएका छन्। राइड नक्सालस्थित ट्रायम्फ शोरूमबाट सुरु भई भक्तपुर हुँदै पुनः बाइकर्स क्याफे नक्सालमा समापन गरिएको थियो।
फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर भन्छन्, "हरेक वर्ष यो राइडलाई विस्तार गरिरहेका छौं, तर यस वर्ष ट्रायम्फ नेपालसँगको सहकार्यले ऊर्जा र व्यापकता दुवै थप्यो। हामी आगामी वर्षहरूमा पनि यो अभियान निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँछौं।"
यसपटक काठमाडौं मात्र नभई धरान, चितवन, र मकवानपुरमा समेत समानान्तर रूपमा डीजीआर राइडहरू आयोजना भए। राइडरहरूले १ हजार ४ सय अमेरिकी डलर भन्दा बढी कोष संकलन गर्दै अन्तर्राष्ट्रिय अभियानमा नेपालबाट योगदान पुर्याएका छन्। कार्यक्रममा मानसिक स्वास्थ्यबारे गहन संवाद पनि भएको थियो।
आम्ना अस्पताल तथा हिलिङ सेन्टरकी निर्देशक तथा मानसिक स्वास्थ्य विशेषज्ञ साधना थापाले भनिन्, "मानसिक स्वास्थ्य कमजोरी होइन, यो सम्पूर्ण स्वास्थ्यको अभिन्न अंग हो। यस्ता कार्यक्रमहरूले विशेष गरी पुरुषहरूका लागि संवादको ढोका खोलिदिन्छन्, जसले मौन पीडा सहिरहेका हुन्छन्।"
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, "डीजीआरमा ट्रायम्फको सहभागिता यस वर्षलाई साँच्चिकै विशेष बनायो। पुरुष मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने यो अभियानमा सहभागी भई, विश्वभरका राइडरहरूसँग एउटै उद्देश्यमा एकजुट हुन पाउनु गर्वको कुरा हो।"
कार्यक्रममा चर्चित व्यक्तित्व र सेलिब्रिटीहरूको सहभागिताले यसको प्रभाव र भावनालाई थप उचाइ दिएको थियो। डीजीआर २०२५ केवल मोटरसाइकल राइड मात्र नभई स्टाइल, सहानुभूति र समुदायको उत्सव बनेको साथै यसले खुला संवादलाई प्रोत्साहन गर्दै सम्बन्धहरु बनाएको आयोजकले जनाएको छ ।
डीजीआर ले अब नेपालका थप शहरहरूमा अभियान विस्तार गर्ने योजना बनाएको छ। अर्को चरणमा कोष संकलन, पहुँच विस्तार र प्रभावशाली सहकार्य मार्फत कार्यक्रमलाई अझ मजबुत बनाउने लक्ष्य लिइएको छ। मानसिक स्वास्थ्य, समुदाय र ट्रायम्फ जस्ता ब्रान्डहरूसँग सहकार्यलाई सुदृढ गर्दै जनचेतनालाई अझ गहिरो बनाउने योजना रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...