फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स
फोर्ड भारतीय बजारमा पुनरागमन हुने भएको छ । रिपोर्टका अनुसार कम्पनीले...
डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले नयाँ बर्ष अफर ल्याएको छ । उक्त अफर अन्तरगत ग्लोरी ५६० एसयुभी खरिदमा ग्राहकले ३ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् । यो एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखी ६४ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । उक्त मूल्यमा ग्राहकले ३ लाख ५० हजार नगद छुट पाउनेछन् ।
डिएफएसके चीनको चर्चित अटो उत्पादक कम्पनी हो । नेपाली बजारमा यसको ग्लोरी ५८०, ग्लोरी ५६० र ग्लोरी आई–अटो गरी कुल तीनवटा एसयुभी उपलब्ध रहँदै आएको छ । नगद छुट उपलब्ध गराइएको ग्लोरी ५६० मा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४८ एचपी र टर्क २३० एनएम रहेको छ ।
५ र ७ सिटर भेरियन्टमा उपलब्ध यो एसयुभी म्यानुअल र सिभिटी दबै ट्रान्समिसनमा उपलब्ध रहँदै आएको छ ।
यो एसयुभीमा डुअल एयर ब्याग, ४ ह्विल डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम सहित ट्रयाक्सन कन्ट्रोल सिस्टम, एबिएस, इबिए, इबिडी, पार्किङ सेन्सर, हिल होल्ड एसिस्ट, इपिबी र अटो क्र्यास अनलक लगायत अन्य थुप्रै फिचर्स उपलब्ध गराइएको छ ।
२०० एमएमको उच्च ग्राउन्ड क्लिरियन्स भएको यो एसयुभीले ग्लोबल एन्क्यापको क्र्यास टेस्टमा ५ स्टार सेफ्टि रेटिङ समेत प्राप्त गरेको छ ।
फोर्ड भारतीय बजारमा पुनरागमन हुने भएको छ । रिपोर्टका अनुसार कम्पनीले...
नेपाल आउने तयारीमा रहेको भनिएको फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार...
काठमाडौं – फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...