नेपाली बजारमा भविष्य खोजिरहेका फरक मूल्य र फिचर सहित १५ सय सीसी क्षमताका २ चिनियाँ एसयूभी

नेपालीे बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम बढ्दै गएको छ । झन्डै ३ बर्षअघि चीनको प्रख्यात अटोमोबाइल ब्रान्ड डीएफएसकेको प्रवेशसँगै नेपालमा चिनियाँ ब्रान्डले पुनः प्रभाव जमाउन थालेका हुन् । यो अवधिमा डीएफएसकेले उल्लेख्य कारोबार गरेपछि अन्य ब्यावसायीक घरनाको समेत यस्ता ब्रान्डमा नजर परेको सहजै अनुमान लगाउन सकिन्छ ।

डीएफएसके भित्रिनुअघि एमएडब्लु ग्रुपले चीनको अर्को प्रख्यात ब्रान्ड फोटोनलाई आयात गरी कारोबार थालिसकेको थियो । कम्पनीले फोटोनका पिकअप र मिनीबस आयात गरी कारोबार गर्दै आइरहेको छ । यो सेग्मेन्टमा समेत फोटोनले राम्रै प्रभाव पार्न सफल भैरहेको छ । आकर्षक लुक्स, सुविधासम्पन्न फिचर्स र उच्चतम पर्फमेन्सका बाबजुद सस्तो मूल्यमा उपलब्ध हुनु चिनियाँ ब्रान्डको विशेषता हो । यही विशेषताका कारण डीएफएसके र फोटोनले बजारमा राम्रो प्रभाव जमाउन थालेपछि अन्य व्यावसायिक घरानाहरुले समेत चिनियाँ ब्रान्डका सवारीसाधन आयात गर्न थालिसकेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यावसायिक घराना विशाल ग्रुपले हालसालै ग्रेटवाल मोटर्स भित्र्याएपछि चिनियाँ ब्रान्ड झनै चर्चित बनेको छ र यसअघि राम्रो कारोबार गर्दै आइरहेको डीएफएसकेका लागि नयाँ चुनौती समेत थप भएको छ ।

चिनियाँ ब्रान्डमा यसअघि एकछत्र बजार लिइरहेको डीएफएसकेलाई टक्कर दिन ग्रेटवालको ह्यावल एसयूभी कत्तिको सफल रहला यसका लागि भने केही समय कुर्नुपर्ने देखिन्छ ।

नेपाली बजारमा कारोबार हुने डीएफएसके र ह्यावल दुबै १५ सय सीसी क्षमताका एसयूभी हुन् । यो सेग्मेन्टमा डीएफएसकेका ग्लोरी ५८० आईअटो, ग्लोरी ५८० सीभीटी कम्फर्ट, ग्लोरी ५६० एमटी बेसिक र ग्लोरी ५६० सीभीटी लक्जरी गरी ४ भेरिएन्ट उपलब्ध छ । यी एसयूभीको मूल्य क्रमशः ८९ लाख ५० हजार, ६८ लाख ५० हजार, ५८ लाख ५० हजार र ६४ लाख ५० हजार कायम गरिएको छ । चिनियाँ ब्रान्ड भएपनि यी एसयूभी इन्डोनेशियाबाट आयात भैरहेका छन् ।

ग्रेटावाल ह्यावलका ३ वटा एसयूभी यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये जोलियन लो एमटीको मूल्य ५५ लाख ५० हजार, जोलियन हाई एमटीको ६१ लाख ५० हजार र जोलियन हाई डीसीटी भेरिएन्टको मूल्य ६५ लाख ५० हजार तोकिएको छ । यी एसयूभी चीनबाटै आयात हुन्छन् ।

समान सीसी क्षमताको भैकन पनि ग्रेटवालको तुलनामा डीएफएसके धेरै मूल्य अन्तरले महंगो देखिन्छ । डीएफएसकेको बेस भेरिएन्ट ग्लोरी ५६० एमटी बेसिकको तुलनामा ग्रेटवालको सोही भेरिएन्ट जोलियन लो एमटी ३ लाख रुपैयाँले सस्तो देखिएको हो । त्यसैगरी डीएफएसकेको टप भेरिएन्ट अर्थात ग्लोरी ५८० आई–अटो समेत ग्रेटवालको सोही भेरिएन्ट अर्थात जोलियन हाई डीसीटीको तुलनामा २४ लाख रुपैयाँले महंगो देखिन्छ । यद्यपि यी दुई गाडीको फिचर्समा भने केही अन्तर रहेको छ ।

सम्बन्धित समाचारहरू

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...

२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने

२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने

प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...