डीएफएसकेका गाडी भए सोल्ड आउट, खुल्यो २०२१ मोडलको बुकिङ

काठमाडौं – नेपाली बजारमा उपलब्ध डीएफएसकेका सबै गाडी ‘सोल्ड आउट’ भएका छन् । नेपाली बजारमा आधिकारिक वितरकको रुपमा कुजु नेपाल प्रालिले डीएफएसके ग्लोरी ५८० र ग्लोरी ५६० बिक्री–वितरण गरिरहेको थियो ।

२०७६ मा नाडा अटो शोमार्फत नेपाली बजारमा भित्रिएको डीएफएसकेले पहिलो वर्ष ग्लोरी ५८० ल्याएकोमा यो वर्षको भदौ महिनामा ग्लोरी ५६० ल्याएको थियो ।

कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठका अनुसार अब नेपाली बजारमा २०२१ मोडलका गाडी उपलब्ध हुने छन् । यी गाडी थप फिचर सहित उपलब्ध हुने छन् । नयाँ मोडलका लागि बुकिङ खुला गरिएको छ ।

ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १।५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ ।

डीएफएसकेको ग्लोरी ५८० मोडल एक कम्प्याक्ट एसयूभी हो । सात सिटे सो एसयूभीमा १।५ लिटरको टर्बोचार्ज्ड इन्जिन रहेको छ, जसमा ६–स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । नेपाली बजारमा आउने एसयूभी इन्डोनेसियाली प्लान्टबाट उत्पादन भएका हुन् ।

चीनको डोङफेङ मोटर कर्पोरेसनको स्वामित्वमा रहेको डीएफएसके विश्वस्तरीय गुणस्तरीय प्रविधि र सेवाका लागि प्रसिद्ध छ । सन् २००३ मा स्थापना भएको यस कम्पनीले कम्प्याक्ट एमपीभी, कम्प्याक्ट एसयूभीका साथै कमर्सियल भेइकल मिनी पिकअप तथा मिनीबसको समेत उत्पादन गर्छ । सन् २०१२ देखि यो चीनको अटोमोबाइल क्षेत्रमा यो नम्बर वान एक्सपोर्ट कम्पनी समेत रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...