सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले एक्सपल्स ४२१ कन्सेप्ट बाइकको डिजाइन स्केच जारी गरेर यसबारे जानकारी दिएको हो ।
एक्सपल्स ४२१ यसै वर्ष आयोजना हुने एक्मा एक्सपोमा सार्बजनिक हुने जनाइएको छ । यो नयाँ मोटरसाइकलले रोयल इन्फिल्ड हिमालयन ४५० संग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । सो नयाँ मोटरसाइकल एक ट्रेलिस फ्रेममा आधारित देखिन्छ, जसको डिजाइन डकार र्याली बाइकहरूबाट प्रेरित छ ।
एक्सपल्स ४२१ मा अग्लो विन्डस्क्रिनसहितको त्रिकोणीय हेडल्याम्प, सिंगल–पीस सिटसहितको स्टाइलिश बडीवर्क, नकल गार्डसहित फराकिलो ह्यान्डलबारहरू र साइड–माउन्ट अपस्वेप्ट एग्जस्ट उपलब्ध हुनेछ ।
बाइकमा ४२१ सिसी क्षमताको अल न्यू सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिन र ६–स्पीड गियरबक्स उपलब्ध हुनेछ । सो एड्भेन्चर मोटरसाइकलको अगाडिको भागमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशकसहित लामो यात्रा सस्पेन्सन जडान हुने देखिन्छ । यसमा अफ–रोड टायर र दुबै छेउमा डिस्क ब्रेक सहितको वायरस्पोक ह्वील राखिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...