२०२२ मा १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बेच्यो ओलाले, यस्तो छ कम्पनीको भविष्यको योजना
भारतमा ओला इलेक्ट्रिकले अगस्ट २०२१ मा एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक अटो होस्ट प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
नयाँ मूल्य सूची अनुसार डेरी ईभी७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः २५ लाख ९९ हजार र २६ लाख ५० हजार रुपैयाँ थियो ।
सरकारले केही दिन पहिले सार्वजनिक गरेको नयाँ बजेटमार्फत इलेक्ट्रिक गाडीको कर र अन्तःशुल्क घटाए पछि यी गाडीको मूल्य घटेको हो ।
यसका साथै यी दुवै गाडी पहिले भन्दा थप क्षमतामा उपलब्ध छन् । यसअघि ११ किलोवाट आवरको व्याट्री रहेकोमा अहिले दुवै गाडीमा १७ किलोवाट आवरको व्याट्री दिइएको छ । यी दुबै मोडलमा १५ किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध रहेको छ ।
ईभी७ पुरै इलेक्ट्रिक कार हो भने ईएम७ सोलार तथा इलेक्ट्रिक कार हो । ईभी७ ले सिंगल चार्जमा २३० किलोमिटरको दुरी पार गर्न सक्छ ।
त्यसैगरी ईएम७ ले २६० किलोमिटरको दुरी पार गर्न सक्ने बताइएको छ । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप माइलेज दिने बताइएको छ ।
दुवै गाडी इन्ट्री लेवलका गाडी हुन् । गाडीमा ५ जना बस्न सकिन्छ ।
हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो । विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आएका छन् ।
भारतमा ओला इलेक्ट्रिकले अगस्ट २०२१ मा एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर...
स्कोडाले सार्वजनिक गर्ने तयारी गरिरहेको पहिलो इलेक्ट्रिक कार इनायक आइभी...
टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...