१९ लाख ५० हजारमै डेरी ब्रान्डको इलेक्ट्रिक कार नेपालमा

काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक अटो होस्ट प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य सूची अनुसार डेरी ईभी७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः २५ लाख ९९ हजार र २६ लाख ५० हजार रुपैयाँ थियो ।

सरकारले केही दिन पहिले सार्वजनिक गरेको नयाँ बजेटमार्फत इलेक्ट्रिक गाडीको कर र अन्तःशुल्क घटाए पछि यी गाडीको मूल्य घटेको हो ।

यसका साथै यी दुवै गाडी पहिले भन्दा थप क्षमतामा उपलब्ध छन् । यसअघि ११ किलोवाट आवरको व्याट्री रहेकोमा अहिले दुवै गाडीमा १७ किलोवाट आवरको व्याट्री दिइएको छ । यी दुबै मोडलमा १५ किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध रहेको छ ।

ईभी७ पुरै इलेक्ट्रिक कार हो भने ईएम७ सोलार तथा इलेक्ट्रिक कार हो । ईभी७ ले सिंगल चार्जमा २३० किलोमिटरको दुरी पार गर्न सक्छ ।

त्यसैगरी ईएम७ ले २६० किलोमिटरको दुरी पार गर्न सक्ने बताइएको छ । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप माइलेज दिने बताइएको छ ।

दुवै गाडी इन्ट्री लेवलका गाडी हुन् । गाडीमा ५ जना बस्न सकिन्छ ।

हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो । विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आएका छन् ।

सम्बन्धित समाचारहरू

नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने

नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १०...

बीवाईडीको  शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

बीवाईडीको शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्साल,...

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

पूजा कन्स्ट्रक्सन नेपालले प्रदर्शनीमा राखेको एसआरएम ब्रान्डका विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...