इलेक्ट्रिक सवारीका टायर पेट्रोल वा डिजेलको तुलनामा चाँडै खिइन्छ किन ? यस्तो छ कारण
इलेक्ट्रिक सवारी साधनका टायर पेट्रोल वा डिजेल कारमा प्रयोग हुने टायरको...
नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ ।
१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको भनाइ छ । प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन गरिएको सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिन्छ ।
रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्छ । ‘अहिले बिक्री पछिको सेवाका लागि आवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ ।’ ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रीत गरेको हो ।’
ग्रिन टायरले यो भन्दा पहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायर समेत उत्पादन गरिसकेको छ । करिव पाँच पाँच वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ ।
हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको छ । ग्रिन टायरमा कुल १२० जना कामदार कार्यरत छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...