रेन्ज कम दिएको गुनासो पछि दिल्ली सरकारले हटायो नेक्सन इभीमा सहुलियत

इलेक्ट्रिक भेइकलमा दिल्ली सरकारले उपलब्ध गराउँदै आएको सहुलियत नेक्सन इभीले नपाउने भएको छ । यो इलेक्ट्रिक एसयूभीले कम्पनीद्धारा दावि गरिएको भन्दा धेरै नै कम रेन्ज दिएको गुनासो वढ्न थालेपछि यस्तो निर्णय लिइएको हो । नेक्सन इभी प्रयोगकर्ताले दावी गरिएको भन्दा एकदमै कम रेन्ज पाएको भन्दै सरकारी निकायमा उजुरी दिएका थिए । उक्त उजुरीको छानविन गर्न केजरीवाल सरकारले ४ सदस्य समिती समेत वनाएको थियो ।

उक्त समितीले प्रतिवेदन बुझाउनु अगावै तत्कालका लागी नेक्सन इभी खरिद गर्दा सरकारले कुनै सहुलियत नदिने निर्णय लिएको हो । प्रतिवेदन आएपछि थप कदम चालिने त्यहाँस्थित यातायात विभागले बताएको छ । कम्पनीले दावी गरेको ३१२ किलोमिटर रेन्जको सट्टा आफूहरुले मुस्किलले २ सय किलोमिटरमात्र रेन्ज पाएको भन्दै ग्राहकले प्रमाणसहित उजुरी गरेका थिए ।

सरकारले दिने सहुलियतबाट वञ्चित हुनुपरेपछि इभी खरिद गर्ने ग्राहकले अव रोड ट्याक्स र रजिष्ट्रेसन फि समेत आफैले भुक्तानी गर्नुपर्ने छ । इलेक्ट्रिक भेइकललाई प्रोत्साहन गर्न भन्दै दिल्ली सरकारले सन् २०२० मा पहिलो १ हजार इभी खरिदकर्तालाई १ लाख ५० हजार अतिरिक्त नगद छुट सहित सवै ग्राहकलार्य रोड ट्याक्स र रजिष्ट्रेसन फि मिनाहा गर्ने निर्णय लिएको थियो ।

दिल्ली सरकारको यो निर्णयपछि टाटा मोटर्सले एक विज्ञप्ती जारी गर्दै सरकारको यो निर्णयले आफूहरुलाई एकदमै निराश बनाएको प्रतिक्रिया दिएको छ । ‘अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डियाले स्वतन्त्र रुपमा गरेको टेष्टको आधारमा हामीले ३१२ किलोमिटर रेन्ज दिने दावी गरेका हौ । यो रेन्ज निर्धारण गर्ने प्रक्रियामा कम्पनीको कुनै संलग्नता छैन । त्यसमाथी पनि तोकिएको रेन्ज पाउन ड्राइभिङ ह्याविटले समेत ठूलो भुमिका खेल्ने गर्छ । एसीको प्रयोग र सडकको अवस्थाले समेत रेन्ज निर्धारण गर्न उत्तिकै भुमिका खेल्छ’ कम्पनीको प्रवक्ताद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचारहरू

अटो एक्स्पो २०२३ इलेक्ट्रिक सवारी साधनमा केन्द्रीत हुने

अटो एक्स्पो २०२३ इलेक्ट्रिक सवारी साधनमा केन्द्रीत हुने

अन्ततः भारतमा ३ वर्ष पछि १५औं अटो एक्सपो आगामी जनवरी १३ देखि १८ सम्म आयोजना...

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...