विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं - नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको छ । ‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

चांगानको १६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको दिपल ई०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइन त छँदै छ अब अफरोड क्षमतालाई पनि सम्बोधन गरेको छ । ई०७ एउटा एसयूभी मात्र नभई ‘लाइफस्टाइल स्टेटमेन्ट’ हुनेछ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउनेछ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ तर ‘पर्फमेन्स अपरोड’का लागि उपयुक्त हुनुका साथै आरामदायी पनि छ ।

१९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लुएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचरहरु छन् ।

अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

यो क्रान्तिकारी ईभीले विश्व बजारमा ‘इन्टेलिजेन्ट’, दीर्घकालीन र बहुउपयोगी साधन बनाउने चांगानको नीतिलाई अघि सारेको छ । ई०७ ले एसयूभीमा नयाँ सेग्मेन्ट स्थापना गरेको छ जसले पारम्परिक एसयूभी डिजाइनबाट उल्लेखनीय उडानलाई प्रतिनिधित्व गर्छ । एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने यसको क्षमताले असमानान्तर ‘भर्साटाइलिटी’ प्रदान गर्छ र यसले आधुनिक उपभोक्ताको विविध आवश्यकतालाई सम्बोधन गर्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

काठमाडौं – सरकारले केही दिन पहिले सार्वजनिक गरेको बजेट मार्फत बढाइएको...

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...