केन्द्रीय सरकारको व्यवस्थापन अन्तर्गत आयो चांगन अटोमोबाइल, पुँजी २.७५ अर्ब डलर
चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन...
काठमाडौं–दिपल गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीएलाई नेपालमा सार्वजनिक गरेको छ । यस कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दिपलको यस नयाँ भेरिएन्टमा कम्पनीले यसअघिको रेगुलर भेरिएन्टको तुलनमा केही ठूलो साइजको एलएफपी ब्याट्री दिएको छ । एस०७ मा यसअघि एनएमसी ब्याट्री उपलब्ध थियो । ब्याट्रीसंगै यस विद्युतीय एसयूभीमा अन्य थुप्रै फिचर समेत अपग्रेड गरिएको छ । साथै, एस०७ आईसीए नयाँ नेबुला कलरमा उपलब्ध हुनेछ ।
यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । कारमा जडान गरिएको ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्रीले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।
‘नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभीहो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको ईभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’
नयाँ पुस्ताको कनेक्टिभिटीले पहिले भन्दा स्मार्ट
नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।
साथै यसमा ४जी÷५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।

लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७ आईसीएले आफ्नो ट्रेन्ड सेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ ।
टाइमलेस डिजाइन र १० भन्दा बढी इन्डष्ट्रि फस्र्ट फिचरले सुसज्जित यस कारमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाई पर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्टेन्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर तथा फ्लस ह्यान्डल र १.९ स्क्वायर मिटरको पानोरामि कग्लास रुफ पाउन सकिन्छ ।

‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर
दिपल एस०७ आईसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनेछन् ।
नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ ।
चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन...
चांगनको थाइल्यान्ड प्लान्टले युरोपेली बजारका लागि निर्यात सुरु गरेको छ ।...
काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...