नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
काठमाडौं – गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले...
काठमाडौँ—दिपल ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शो २०२६ को अवसरमा लक्जरी विद्युतीय एसयूभी दिपल एस०५ म्याक्सको विशेष सुरुवाती मूल्य ६१ लाख ४९ हजार रुपैयाँ घोषणा गरेको छ ।
सार्वजनिक भएदेखि नै नेपाली प्रिमियम ईभी बजारमा बलियो उपस्थिति जनाएको दिपल एस०५ ले आफ्नो विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर र आरामदायी ड्राइभिङ अनुभवका कारण आधुनिक ग्राहकहरू माझ छुट्टै पहिचान बनाएको छ ।
यस गाडीमा आकर्षक बाहिरी प्रोफाइलका साथै फ्रेमलेस डोर दिइएको छ भने क्याबिनलाई अत्यधिक आरामदायी र आधुनिक बनाइएको छ । चालक र यात्रीको यात्रालाई सहज र प्रविधिमैत्री बनाउन यसमा रिमोट स्मार्ट इन्ट¥याक्सन अर्बिट, एआर हेड–अप डिस्प्ले तथा इन्टेलिजेन्ट क्विन को–पाइलट सिट जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् ।
नाडा अटो शोको समापनसम्म मात्र लागू हुने यो अफरले लक्जरी र इन्टेलिजेन्ट प्रविधियुक्त ईभीमा अपग्रेड हुन चाहनेहरूका लागि उत्कृष्ट अवसर प्रदान गरेको छ । अटो शोका आगन्तुकहरूले दिपल पेभिलियनमा पुगेर गाडीको प्रत्यक्ष अवलोकन गरी यो विशेष मूल्यको लाभ उठाउन सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...