इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम, विशेष टेस्ट ड्राइभ र एक्सचेन्जका साथ दिपल एस०५ सार्वजनिक

इटहरी - नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपलले कोशी प्रदेशको महत्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे ।

नयाँ सोरुम उद्घाटनसँगै सर्ब मोटर्सले टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु गरेको छ । भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्रा प्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ ।

भर्खरै सम्पन्न नाडा अटो शो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि पाउने छन् ।

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डग पनि प्रदर्शनीमा राखिनेछ, जसले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउने छन् ।

दिपल एस०५ मा सर्वोत्कृष्ट फिचरहरु
शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडल हो ।

दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँघुरो ठाउँमा सहजै पार्किङ गर्न सकिन्छ ।

दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाई, युट्युब, अमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन् । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको कार बजारमा ठुलो गिरावट, फेब्रुअरीमा बिक्री ३४ प्रतिशतभन्दा बढी घट्यो

चीनको अटोमोबाइल बजारमा पछिल्लो समय उल्लेखनीय गिरावट देखिएको छ। सन् २०२६...

८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार

८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार

काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...

एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य  इनर्जी नियूक्त

एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य  इनर्जी नियूक्त

काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...