पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्नेछ ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शो २०२४ मा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन्, जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाइने छ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् ।

यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने छ । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने छन् ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जा लिन सक्ने छन् ।

सम्बन्धित समाचारहरू

यस्तो छ साउनमा नेपाल आउने लिपमोटर बी१०, प्रतिस्पर्धी को ?

यस्तो छ साउनमा नेपाल आउने लिपमोटर बी१०, प्रतिस्पर्धी को ?

काठमाडौं – न्यू इनर्जी भेइकलमा निकै राम्रो चर्चा कमाएको लिपमोटरले पछिल्लो...

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...

याडिया भेलाक्स सिरिज इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ८५ हजार देखि शुरु

याडिया भेलाक्स सिरिज इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ८५ हजार देखि शुरु

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...