यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन
काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी एस०७ एल सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको हो ।
दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले सो एसयूभी सार्वजनिक गरे ।
थप रेन्ज र पावरफुल पर्फमेन्स
दिपल एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।
अत्याधुनिक डिजाइन र प्रविधि
एस०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ । यसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई बेजोड बनाउनेछ ।
यसबाहेक दिपल एस०७ एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरु रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा पनि रहेको छ ।
मूल्य र छुट अफर
दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर १५ दिन सम्मका लागि यसमा ३ लाख रुपैयाँ छुट प्रदान गरिएको छ । यस अनुसार हाल ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमै सो इलेक्ट्रिक एसयूभी पाउने छन् ।
फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म सात सयभन्दा बढी युनिट विक्री भइसकेको कम्पनीको भनाइ छ । एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पु-याउने कम्पनीको भनाइ छ ।
काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...