भारतको स्टार्ट अप कम्पनीले ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै
भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का...
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी गर्दैछ ।
फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म सात सयभन्दा बढी युनिट विक्री भइसकेको कम्पनीको भनाइ छ । एस०७एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पु¥याउनेछ ।
थप रेन्ज र पावरफुल पर्फमेन्स
दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।
अत्याधुनिक डिजाइन र प्रविधि
एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ । यसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई बेजोड बनाउनेछ ।
यसबाहेक दिपल एस०७एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरु रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा पनि रहेको छ ।
यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस०७एलले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
भारतको स्टार्टअप कम्पनी प्रभेगले एक महिना ८ दिनपछि अर्थात नोभेम्वर २५ का...
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
अहिले विश्वका अधिकांश राष्ट्रहरुले आफ्ना नागरिकलाई इलेक्ट्रिक भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...