‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो कर्पले नयाँ इलेक्ट्रिक एसयुभी दिपल एस०७ सार्बजनिक गरेको छ । नेपाली इभी क्षेत्रलाई रुपान्तरण गर्न ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस०७ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कारको सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ कारको ट्याग लाइन ‘टच द फ्युचर’ले सुझाए जस्तै नयाँ दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।

नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको उक्त ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआनसिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरिएको थियो।

कार्यक्रममा एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा इभीमात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृश्टान्त भएको बताए । ‘हामीलाई गर्व छकि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएकाछौं,’ उनले भने ।

१५ भन्दाबढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर
दिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतमार्फत नै कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना प्रदान गर्दै ड्राइभिङलाई सहज र सुरक्षित बनाउँछ ।

साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सन फ्लावर टचस्क्रिन’ रहेको छ, जुन टचस्क्रिनलाई इन्टरयाक्ट गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । कारको अगाडी र पछाडी दुबै भागमा सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक बनाउनुका साथै पर्फमेन्समा सुधार ल्याउन समेत मद्धत गर्छ ।

नेपालमै पहिलोपटक ईभीमा ४ वटा ‘ड्राइभिङ मोड’ दिइएको यो कारलाई इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज मोडमा ड्राइभ गर्न सकिन्छ । ड्राइभिङ मोड धेरै भएका कारण चालकलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।

दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिकलाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेड’लाई खोल्न र बन्दगर्न सकिने टचस्क्रिन रहेको छ ।

सुरक्षाका लागि दिपल एस०७मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० डिग्री क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत प्रशस्तै फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

चांगन गाडी किन्दा मलेसिया र सिंगापुर भ्रमण गर्न पाइने, अन्य छुट पनि

चांगन गाडी किन्दा मलेसिया र सिंगापुर भ्रमण गर्न पाइने, अन्य छुट पनि

चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल...

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...